लगातार तेस्रो दिन घट्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार तेस्रो दिन घटेको छ । सोमबार, मंगलबार र बुधबार नेप्से परिसूचक घटेको हो । चालु आर्थिक वर्षको मौद्रिक नीति जारी भएको दिन गत आइतबार उच्च अंकले बढेको नेप्से त्यसपछिका तीन दिन भने लगातार ओरालो लागेको छ ।
सोमबार र मंगलबार दोहोरो अंकको गिरावट देखिएको नेप्से परिसूचक बुधबार आठ दशमलव ११ अंकले घटेर दुई हजार एक सय ५६ दशमलव २० अंकमा कायम भएको हो ।
आज दुई सय ६० कम्पनीको ७३ लाख ९९ हजार चार सय ७४ कित्ता शेयर ४२ हजार सात सय १४ पटक खरिद–बिक्री हुँदा दुई अर्ब ४३ करोड २५ लाख आठ हजार सात सय ६९ बराबरको कारोबार भएको छ ।
वित्त समूह एक दशमलव ६१, म्युचुअल फन्ड शून्य दशमलव ०५ र अन्य समूह ११ दशमलव ३१ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूह ८६ दशमलव ७२ र होटल तथा पर्यटन समूह ८५ दशमलव ४२ अंकले घटेको छ ।
आजको कारोबारमा बैंकिङ शून्य दशमलव ६०, विकास बैंक १६ दशमलव ६७, जलविद्युत् २२ दशमलव १० र लगानी शून्य दशमलव ४७ अंकले घटेको छ ।
त्यस्तै, जीवन बीमा २७ दशमलव ९९, उत्पादन तथा प्रशोधन ४९ दशमलव ३५, लघुवित्त ३० दशमलव ९९ र व्यापार समूह २४ दशमलव ५० अंकले घटेको छ । आजको कारोबारपछि सबैभन्दा धेरै किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ९६ प्रतिशतले बढेको छ ।
सबैभन्दा धेरै गुमाउनेमा भने जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ४९ प्रतिशतले घटेको छ ।
कारोबार भएका शेयर सङ्ख्या र कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै ग्लोबल आइएमइ बैंक लिमिटेडको प्रमोटर शेयर १५ करोड १२ लाख ५३ हजार नौ सय बराबरको १५ लाख १२ हजार पाँच सय ३९ कित्ता शेयर किनबेच भएको छ ।
















चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण
इलाममा हटाइयो चियाको न्यूनतम समर्थन मूल्य
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
सुनको मूल्य प्रतितोला दुई हजार २०० ले बढ्यो, चाँदीको घट्यो
घानाको उत्तर क्षेत्रमा डुङ्गा दुर्घटनाः कम्तीमा ७ जनाको मृत्यु
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया