एमालेको अवरोधपछि प्रतिनिधि सभा बैठक साउन १५ गतेसम्म स्थगित

काठमाडौँ । प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले साउन १५ गते दिनको एक बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
१०० किलो सुन प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग्दै संसद् अवरोध गरेपछि बैठक स्थगित गरिएको हो ।
एमाले सांसदहरूले नारावाजी गर्दै वेल घेराउ गरेका थिए। प्रमुख सचेतक पदम गिरीले सुन प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताए।
प्रतिनिधि सभा बैठक सुरू हुनेबित्तिकै पनि एमाले सांसदहरू बसेको ठाउँबाट उठेर विरोध जनाएका थिए। त्यसपछि प्रमुख सचेतक गिरीले बैठकमा बोल्दै सुन प्रकरणबारे छानबिन गर्न माग गरेका थिए।
त्यसपछि अन्य दलका सांसदहरूले पनि आकस्मिक समयमा धारणा राखेका थिए।
सभामुख घिमिरेले आकस्मिक समय सकेर शुन्य समय सुरू गर्न लागेपछि एमाले सांसदहरूले उठेर विरोध गरेका थिए।

















निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
पोखरा गोल्डकपको उपाधि सहारालाई
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
प्रतिक्रिया