कोशी सरकार गठन विवादको फैसला बिहीबार आउने

काठमाडौं । कोशी प्रदेश सरकार गठनसम्बन्धी विवादको फैसला सर्वोच्च अदालतको पूर्ण इजलाशले बिहीबार मात्रै गर्ने भएको छ ।
न्यायाधीहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा अन्तिम सुनुवाइ सकिए पनि फैसला लेखन र अध्ययन गर्न समय अपुग भएपछि बिहीबार फैसला सुनाउने गरि बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।
निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले कोशी प्रदेश सरकार गठन गैरसंवैधानिक भएको भन्दै रिट दायर गरेका थिए । प्रदेश सभाका सभामुख बाबुराम गौतम समेतको हस्ताक्षर संलग्न गर्नु कानुनविपरीत भएको तक उनले रिटमा गरेका थिए ।
सभामुख गौतमले समेत हस्ताक्षर गरेर नेपाली कांग्रेसका नेता उद्धव थापाको नेतृत्वमा सरकार गठन भएपछि कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।
कार्कीले दायर गरेको रिटमा सभामुखकोसमेत सहभागितामा सरकार गठन गरिनु संविधान विपरीत भएको दाबी गरिएको छ। रिटमा सरकार गठनको निर्णय बदर गर्न माग गरिएको छ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया