कांग्रेसले शरणार्थी प्रकरणमा पूर्पक्षमा थुनामा परेका खाणलाई निलम्बन गरेन

काठमाडौं । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्पक्षका लागि थुनामा परेका पूर्वगृहमन्त्री तथा पार्टी केन्द्रीय सदस्य बालकृष्ण खाणलाई केन्द्रीय सदस्यबाट निलम्बन गरेन । साउन २ गतेबाट बसेर बुधबार सम्पन्न भएको केन्द्रीय समिति बैठकले खाणबारे कुनै निर्णय लिएन ।
यघपी कांग्रेस बैठकले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि सरकारले थालेको कदममा साथ र समर्थन गर्ने निर्णय भने गरेको बैठकका निर्णय सुनाउने क्रममा महामन्त्री विश्वप्रकाश शर्माले बताए ।
आरोप लागेर पूपक्र्षका लागि थुनामा पुगेपछि उपसभापति तथा कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, महामन्त्रीद्वय शर्मा र गगन थापा तथा संस्थापन इतरका केन्द्रीय सदस्यहरू खाणलाई निलम्बन गर्नु पर्ने पक्षमा थिए । त्यही अनुसारको धारण केन्द्रीय समिति बैठकमा राखेका पनि थिए ।
तर, सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका पदाधिकारी र सदस्यहरू खाणको पक्षमा देखिएपछि कांग्रेस बैठक खाणबारे मौन रहेको हो । महामन्त्री थापाले भने खाणलाई कारबाही नगर्ने निर्णयमा लिखित रूपमा फरक मत दर्ज गरेका छन् ।
कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी ऐन कांग्रेसकै सरकारले ल्याएको स्मरण गर्दै भ्रष्टाचार जघन्य अपराध भएको भन्दै उसले जो कोहीले भ्रष्टाचार गरे कानुन बमोजिम कारबाही हुनुपर्ने निर्णय गरेको छ ।
कांग्रेसको समर्थनमा बनेको वर्तमान सरकारले थालेको कदमलाई साथ र समर्थन गर्ने निर्णय पनि कांग्रेसले गरेको महामन्त्री शर्माले बताए ।
















आणविक वार्ताको प्रगतिमा बाधक पश्चिमा भएको इरानको दावी
अमेरिकी इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर भोलि नेपाल आउँदै
वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैनः संयोजक दाहाल
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
देशलाई विकास र सुशासन चाहिएको छ : लामिछाने
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
आईसीसी टी–२० विश्वकप: श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड पराजित
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
रुद्रवेणी–वामीटक्सार सडक आजदेखि अवरुद्ध हुने
प्रतिक्रिया