आइतबार, फागुन १०, २०८२

कोशी सरकारविरुद्दको मुद्दामा आज आदेश आउने सम्भावना

मेरोन्यूज २०८० साउन ११ गते ८:०९

काठमाडौं । सभामुखको समेत हस्ताक्षर प्रयोग भएर कोशी प्रदेशमा नयाँ सरकार गठन भएपछि उठेको सम्वैधानिक प्रश्नमा सर्वाेच्च अदालतले सम्भवत आज फैसला दिन सक्ने देखिएको छ । सभामुख बाबुराम गौतमसमेतको हस्ताक्षर साथ लिएर सरकार गठन भएपछि नेकपा एमालेले नयाँ सरकार गठनविरुद्द सर्वाेच्चमा रिट दर्ता गरेको थियो ।

Advertisement
nepal life insurencenepal life insurence

प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापालाई असंवैधानिक रूपमा नियुक्त गरेको भन्दै नेकपा एमाले संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए।

रिटको सम्वैधानिक इजलास नै गठन गरेर अदालतले यो हेरिरहेको छ ।

न्यायाधीशहरू इश्वरप्रसाद खतिवडा, ‍आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा सुनुवाई भइरहेको मुद्दामा आज आदेश आउने सम्भावना प्रबल छ।

रिटमाथि पक्ष र विपक्ष दुबै तर्फका वकिलहरूको बहस हिँजै सक्किएको छ। बुधबार बहस सकिएपछि आजका लागि पेशी तोकिएको छ।

आज बस्ने इजलासले आदेशबारे पनि निर्णय गर्नेछ।

एमाले दल नेता कार्कीले रिटमा संविधानको धारा १६८ उपधारा २ अनुसार थापाको नियुक्ति अवैध भएको दाबी गर्दै नियुक्ति खारेज गर्न र धारा १६८ को उपधारा ३ अनुसार आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेशको मागसमेत गरेका छन्।

प्रतिक्रिया