नक्कली भुटानी शरणार्थी प्रकरण
पूर्पक्षमा थुनामा राख्ने आदेशविरुद्ध रायमाझी र खाणको पूनरावेदन
मेरोन्यूज
२०८० साउन ११ गते १३:३६

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्पक्षमा थुनामा राख्ने गरि दिएको आदेशविरुद्ध पूर्व उपप्रधानमन्त्री टोपवहादुर रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाण पूनरावेदन गएका छन् ।
उनीहरुले आज उच्च अदालत पाटनमा पूनरावेदन निवेदन दर्ता गराएका हुन् ।
यो प्रकरणमा रायमाझी, खाणसहित १६ जनालाई पूर्पक्षमा थुनामा राखी मुद्दाको अन्तिम किनारा लगाउन जिल्ला अदालत काठमाडौंका न्यायाधीस प्रेम प्रसाद न्यौपानेले आदेश दिएका थिए ।
बाँकी त्यसवेला पक्राउमा रहेका दुई जनालाई भने जिल्ला अदालतले धरौटीमा रिह ागर्ने आदेश दिएको थियो ।
असार १ मा जिल्ला अदालतले दिएको आदेशविरुद्ध खाण र रायमाझी आज पूनरावेदन गएका हुन् । यस अगाडी तत्कालिन गृहसचिव टेकनारायण पाण्डेसहित ८ जना जिल्लाको आदेशविरुद्ध पूनरावेदन गईसकेका छन् ।
सम्बन्धित

















निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
पोखरा गोल्डकपको उपाधि सहारालाई
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
प्रतिक्रिया