निर्मल पूर्जाको विश्व रेकर्ड नर्वेजियन नागरिक हरिला र शेर्पाले तोडे

काठमाडौँ । नेपाली मूलका आरोही निर्मल पुर्जाले ७ महिनाभित्र विश्वका १४ वटा ८ हजार मिटर अग्ला हिमाल चढेर बनाएको विश्वरेकर्ड तोडिएको छ।
म्याग्दीमा जन्मिएका निर्मलले ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल ७ महिनाभित्र चढेर २०७६ कात्तिकमा बनाएको विश्वव कीर्तिमान नर्वेजियन हिम आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जिन ल्हामा शेर्पाले बिहीबार तोडेका हुन्।
नर्वेकी आरोही हरिला र नेपाली गाइड तेन्जेन (लामा) शेर्पाले विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गरेका हुन् ।
पाकिस्तानमा रहेको केटु हिमाल ब्रोडपिक ८,६११ मिटर) को हरिला र शेर्पाले आज बिहान १०ः४५ बजे सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स कम्पनीले जानकारी दिएको छ ।
हिमालको सफल आरोहणसँगै क्रिष्टिन र तेन्जेनले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु तीन महिनामा सफल आरोहण गरेको कम्पनीले जनाएको छ । उनीहरुले तीन महिनामा १४ वटै हिमाल आरोहण गरेका कम्पनीका प्रबन्ध निर्देशक मिङमा शेर्पाले जानकारी दिए ।
यसअघि आरोही निर्मल पूर्जाले सन् २०१९ मा छ महिना छ दिनमा पूरा गरेका थिए ।
हरिला र शेर्पाले आठ हजार मिटरभन्दा अग्ला १४ बाट हिमाल चार महिनाभित्रै आरोहण गर्ने लक्ष्य राखेका थिए । हरिला यसअघि विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल एक वर्ष पाँच दिनमा सफल आरोहण गरी सबैभन्दा छिटो आरोहण गर्ने पहिलो महिला आरोही बनेकी थिइन् ।
हरिला र शेर्पाले सगरमाथा, कञ्चनजङ्गा, ल्होत्से, मकालु, धौलागिरी, अन्नपूर्ण, मनास्लु, चो ओयु, शिशपाङ्मा, नङ्गा पर्वत, गाशरब्रम–२, गाशरब्रम–१, ब्रोडपिक र केटु हिमालको सफल आरोहण गरिसकेकी छन् ।

















आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
डोटीमा कांग्रेसका भरत खड्का निर्वाचित
प्रतिक्रिया