शान्ति सुरक्षाको अवस्था बझ्न गृहमन्त्री श्रेष्ठ मधेसमा

बर्दिबास। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेस प्रदेशका प्रमुख जिल्ला अधिकारीहरू, प्रशासनिक निकायका प्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधिहरूसँग छलफल गरेका छन् । छलफलका क्रममा गृहमन्त्री श्रेष्ठले शान्तिसुरक्षा एवम् समसामयिक सेवा तथा वितरण चुस्त बनाउन निर्देशन दिए ।
श्रेष्ठले मिटरब्याज (अनुचित लेनदेन) पीडितलाई आवश्यक समन्वय गरेर न्याय दिन समेत निर्देशन दिए । मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धी कानुन आज नै राष्ट्रियसभाबाट पारित भएको छ ।
‘एकातिर कानुन छ, एकातिर आयोग छ, एकातिर तपाईंहरू हुनुहुन्छ। सकेसम्म अहिले नै आवश्यक समन्वय गरेर पीडितलाई न्याय दिनेगरि मिटरब्याज सम्बन्धी काम गर्नुहोला,’ गृहमन्त्री श्रेष्ठले निर्देशन दिँदै भने ।
नेपाल–भारत सीमामा हुने सामान ओसारपसारमा राज्यलाई नोक्सान पुर्याउने वा अवैध ओसारपसार गर्ने कामलाई कडाईका साथ नियन्त्रण गर्न उनले निर्देशन दिए । जनताको दैनिक आवश्यकता र व्यापारीक उद्देश्य के हो त्यसलाई दुईपाटोबाट हेर्न उपप्रधानमन्त्री श्रेष्ठले निर्देशन दिए ।
‘दैनिक व्यवहारिक आवश्यकता टार्न सामान ल्याउने कुरामा लचक हुनुहोस् र व्यापारीक प्रयोजनमा ल्याएको भए कडाई गर्नुहोस्,’ उनले भने ।
















निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
प्रचारप्रसार गर्नुअघि राजनीतिक दल वा उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्नुपर्ने
निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन आग्रह
प्रधानमन्त्री कप क्रिकेटः बैतडी लगातार विजयी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया