प्रशासकीय अधिकृतसहित ७ विरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टलगायत सात जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार नगरपालिको ७ र ८ नं वडाको बन्तोली बोहरीगाउँको सडकखण्ड निर्माणको लागत स्टिमेटमा कडा चट्टानको भाग बढी देखाई वास्तविकभन्दा बढी भुक्तानी गरी भ्रष्टाचार गरेको पाइएकाले आज मुद्दा दायर गरिएको हो ।
आयोगले निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्टविरुद्ध २६ लाख दुई हजार पाँच सय ५६ बराबरको बिगो दाबी गरेको छ । यस्तै इन्जिनियर सन्तोष पाण्डेविरुद्ध ११ लाख ३० हजार दुई सय ७२, तत्कालीन अर्का इन्जिनियर राजेन्द्रसिंह धामीविरुद्ध १४ लाख ७२ हजार दुई सय ८३, सबइन्जिनियर दीपकसिंह विष्टविरुद्ध २६ लाख दुई हजार पाँच सय ५६ बराबरको बिगो दाबी गरेको छ ।
यस्तै बन्तोली बगौरा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जनकराज जोशी, सचिव धनञ्जय जोशी र कोषाध्यक्ष जानकी बडू जोशीविरुद्ध २६ लाख दुई हजार पाँच सय ५६ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया