कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्थापनाको मिति बिर्सिएपछि…

काठमाडौँ । मुलुककै सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्थापनाको मिति बिर्सिएको छ ।
कांग्रेसको साउन २ गतेदेखि १० गतेसम्म बसेको बैठकको निर्णयमा उल्लेख अख्तियार स्थापनाको मिति र राजपत्रमा प्रकाशित अख्तियार स्थापना भएको मिति फरक देखिएको छ ।
बुधबार नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकको निर्णय सुनाउँदा महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले नै आजभन्दा २१ वर्ष पहिले २०५९ सालमै अख्तियार दुरुपयोग अनुसन्धान आयोग गठन गरेको बताएका थिए । कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्न पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिको पेज नं २ र बुदाँ नं २ मा पनि शर्माले नै भनेजस्तै तिथि मिति उल्लेख छ ।
हेर्नुस विज्ञप्तिको पेज नं २

तर अख्तियार दुरुपयोग अनुसन्धान आयोग २०४७ सालमै संवैधानिक आयोग बनेको थियो । अर्थात २०४७ साल १० महिना २८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्थापना भएको थियो ।
२०४७ सालको संविधानको भाग १२ मा यो आयोग सम्बन्धी व्यवस्था छ। उक्त संविधानको धारा ९७ र ९८ मा आयोग गठन, काम, कर्तव्य र अधिकार लगायत प्रावधान छन्। संविधानको धारा १३० को उपधारा (२) बमोजिम पेस भएको सिफारिस बमोजिम तत्कालिन राजा विरेन्द्रले प्रमुख आयुक्त जनार्दनलाल मल्लिक र आयुक्त राधारमण उपाध्यायलाई नियुक्त गरेको राजपत्रमै प्रकाशित भएको थियो ।
भ्रष्टाचार नियन्त्रण गर्ने आयोग पञ्चायतकाल २०१९ साल मै भएको हो । संविधानको दोस्रो संशोधन (२०३२ साल) पछि अख्तियार दुरुपयोग निवारण आयोग स्थापना भइ नेपाल राजपत्र भाग ४ अनुसार मन्त्रिपरिषद्को सिफारिशमा २०४७ माघ २८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग गठन भएको थियो।
हेरौ राजपत्र :

कांग्रेसको निर्णयमा ‘नेपाली कांग्रेसले नै आयोग गठन’ गरेको भने पनि संवैधानिक आयोग कुनै पार्टीले गठन गर्दैनन् ।

















निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
पोखरा गोल्डकपको उपाधि सहारालाई
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
प्रतिक्रिया