विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ
मेरोन्यूज
२०८० साउन ११ गते २१:२८

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् । ५८ ग्राम सुनसहित प्रहरीले भारतीय नागरिक ३० वर्षीय इमरान सिराज बिहीबार पक्राउ परेका हुन् ।
उनी हिमालय एयरलाइन्सको विमानमार्फत कतारको दोहाबाट आएका हुन् । विमानस्थलमा जाँचका क्रममा प्रहरीले अवैध सुन फेला पारेको हो ।
सुनसहित पक्राउ परेका सिराजलाई थप अनुसन्धानका लागि विमानस्थल भन्सारमा बुझाइएको प्रहरीले जनाएको छ । यसअघि एक क्वीन्टल सुन राजस्व अनुसन्धानको टोलीले बरामद गरेको थियो । सो प्रकरणको अनुसन्धान अहिले जारी छ । यस प्रकरणमा २२ जना पक्राउ परिसकेका छन् ।
सम्बन्धित
















काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
प्रचारप्रसार गर्नुअघि राजनीतिक दल वा उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्नुपर्ने
निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन आग्रह
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया