उपभोक्ताको गुनासो आएपछि दुधजन्य उत्पादनमा नियमनकारीको निगरानी

बागलुङ । बागलुङ बजारमा बिक्री वितरण भइरहेको दुग्धजन्य पदार्थको गुणस्तरका विषयमा उपभोक्ताको गुनासो आएपछि नियमनकारी निकायले निगरानी बढाएका छन् ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बागलुङ नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्चलगायतका नियमनकारी निकाय सक्रिय भएका हुन् ।
बिहीबार बिहानै उपभोक्ताले दुध खरिद गर्नुपूर्व अनुगमन टोली दुग्ध उद्योग तथा बिक्री केन्द्रमा पुगेको थियो । दुधबाट बनेका पनिर, बटर, छुर्पी, घिउ र खुला तथा प्याकिङ गरिएको दुधको विषयमा जानकारी लिन अनुगमन गरिएको थियो ।
सदरमुकाममा अधिकांश डेरी पसल रहेको र उद्योग कम रहेकाले मुकाम बाहिरबाट दूध ल्याएर बिक्री हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । “उपभोक्ताले मध्यराति फोन गरेर दुग्धजन्य पदार्थको विषयमा गुनासो गर्नुभयो, हामी तत्काल एक्सनमा गयौँ”, उनले भने “परीक्षणबाट नतिजा आउन बाँकी छ ।” सदरमुकामका एक उद्योग र तीन बिक्री केन्द्रको अनुगमन गरेको टोलीले दुई ठाउँमा मात्रै दूध तथा दुग्धजन्य पदार्थ फेला पारेको थियो ।
“गुणस्तर पत्ता लगाउन नमूना लिएका छौँ”, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख सौरभ श्रेष्ठले भने, “नमूना पोखरा पठाइएको छ, नतिजा आएपछि आवश्यक कारबाही हुन्छ ।”
















तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण, जीविकोपार्जन सुधारमा जोड
बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ
परराष्ट्रमन्त्रीसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट
भारत भ्रमणको तयारीमा प्रधानमन्त्री बालेन
उपराष्ट्रपति जेडी भान्स फर्किए अमेरिका
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया