प्रधानमन्त्रीले दिए राष्ट्रसंघका महासचिवलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनी गुटरेसलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन त्यहाँ पुगेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रसंघका महासचिव एन्टोनी गुटरेसलाइ नेपाल भ्रमणको निम्तो दिएका हुन् ।
प्रधानमन्त्रीले इटालीमा रहँदा सम्मेलनको साइडलाइनमा राष्ट्रसंघका महासचिव एन्टोनीसग भेटवार्ता गरेका थिए ।
सो वार्तामा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघ र नेपालबीचको सहकार्य तथा सहयोग, विश्व शान्तिमा नेपालले पुर्याएको योगदान, Multilateralism, climate change, गरिवी निवारण तथा खाध्य सुरक्षा जस्ता विषयमा छलफल गदैं नेपाल भ्रमणको निम्तो दिएका थिए ।
उनले गुटरेसलाई नेपाल भ्रमणको निम्तो दिएको काठमाडौं फर्केपछि विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।
‘औपचारिक कार्यक्रमहरुका अतिरिक्त सम्मेलनका दौरानमा अत्यन्त महत्वपूर्ण द्विपक्षीय भेटबार्ता तथा संवादहरू भएका छन्, सम्मेलनको साइडलाइनमा संयुक्त राष्ट्रसंघका महासचिवसंग भेटघाट तथा छलफल भएको यहाँहरुलाई अवगत गराउन चाहन्छु,’ प्रधानमन्त्रीले भने, –‘ सो अवसरमा संयुक्त राष्ट्रसंघ र नेपालबीचको सहकार्य तथा सहयोग, विश्व शान्तिमा नेपालले पुर्याएको योगदान, Multilateralism, climate change, गरिवी निवारण तथा खाध्य सुरक्षा जस्ता विषयमा छलफल भएको थियो, उक्त अवसरमा मैले उहाँलाई उपयुक्त समयमा नेपाल भ्रमण गर्नका लागि निमन्त्रणा समेत गरेको छु ।’
प्रधानमन्त्रीको नेपाल भ्रमणको निम्तो गुटरेसले सहर्ष स्वीकार गरेको पनि प्रधानमन्त्रीले जानकारी दिए ।
‘उहाँ नेपाल प्रति चासोका साथ् जानकारी राख्ने शुभ चिन्तक रहेको बारे यहाँहरुलाई जानकारी नै छ ।’ प्रधानमन्त्रीले भने,–‘ उहाँले नेपाल भ्रमणको निमन्त्रणा सहर्ष स्वीकार गर्नुभएको छ ।’

















निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
पोखरा गोल्डकपको उपाधि सहारालाई
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
प्रतिक्रिया