सभामुख र अध्यक्षसँग फौजदारी कार्यविधि पारित नगर्न आग्रह

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटगरी संसद्मा प्रस्तुत मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को संशोधन विधेयकप्रति ध्यानाकर्षण गराएको छ ।
सभामुख र अध्यक्षको कार्यालय सिंहदरबारमा आज भएको छुट्टाछुट्टै भेटमा शान्ति समाजका अध्यक्ष रामकृष्ण बरालले ज्ञापनपत्र प्रस्तुत गर्दै विधेयक तर्जुमा गर्दा नै लोकतन्त्र र आधारभूत स्वतन्त्रताका मूल्यप्रति संवेदनशील हुँदै नेपाल पक्ष भएको अन्तर्राष्ट्रिय मानव अधिकार÷मानवीय कानून अनुकूल हुनुपर्नेतर्फ ध्यानाकर्षण गराएको जानकारी दिए ।
संशोधन विधेयक पारित भएमा हिंसालाई वैधानिकता प्रदान गर्ने खतरा उनले बताए ।
प्रतिनिधिमण्डलमा शान्ति समाजका सभापति बराल, सल्लाहकार उत्तम पुडासैनी, वरिष्ठ उपसभापति कृष्णबहादुर रावल, महासचिव रेनुका पौडेल, सचिव चन्द्रमणि बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्यद्वय नम्रता खरेल र दिवाकर पुडासैनी, काठमाडौँ शाखा सभापति भगवान पुडासैनी थिए ।
सम्बद्ध निकायलाई ध्यानाकर्षण गराउने क्रम पनि जारी रहेको शान्ति समाजले जनाएको छ ।















नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया