एनआरएनए साउदीको अध्यक्षमा रविना अर्याल निर्विरोध

साउदी । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए)साउदी अरबमा रविना अर्यालको अध्यक्षतामा सबै कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । योसँगै साउदीमा अर्याल पहिलो महिला अध्यक्ष बनेकी छन् ।
एनआरएनए साउदीको साधारण सदस्य, कार्यसमिति सदस्य, उपाध्यक्षलगायत पदमा रहेर आफ्नो सफलतापूर्वक जिम्मेवारी पुरा गरेकी अर्याल निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
यसैगरी आईसिसि सदस्यहरुमा राम बहादुर क्षेत्री, दिपक रेग्मी र विशाल कुमार श्रेष्ठ निर्विरोध भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा उमेश भट्टराई , उपाध्यक्षमा राज कुमार गिरी, कृष्ण कुमार श्रेष्ठ, मनिष कोइराला र हेम सुबेदी निर्वाचित भएका छन् भने महासचिवमा शुक्र तामाङ निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी सचिवमा ध्रुब कटवाल, कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ, सहकोषाध्यक्षमा दुर्गा बहादुर काउचा, युवा संयोजकमा बिष्णु रावत ,महिला संयोजकमा लक्ष्मी थापा मगर विजयी भएका छन् ।
त्यस्तै सदस्यहरुमा देवीबहादुर कार्की,युवराज पोखरेल,पदम बहादुर महत, दिपक ढुङ्गाना, अमृत बहादुर तामाङ , धर्मेन्द्र कार्की र ओम प्रकाश काफ्ले विजयी भएको निर्वाचन समितिले जानकारी गराएको छ ।
साउदी अरबको ९ औ महाधिवेशन शुक्रबार सम्पन्न भएको हो ।


















सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई
रातो मच्छिन्द्रनाथको रथारोहण भोलि
पोखरामा शनिबारदेखि राष्ट्रिय जुनियर टेनिस सुरु हुँदै
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
प्रतिक्रिया