‘मिस युनिभर्स नेपाल २०२३’ को आवेदन खुल्ला

काठमाडौँ । मिस युनिभर्स नेपाल २०२३ को आवेदन खुल्ला गरिएको छ । पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा मिस युनिभर्स नेपाल २०२३ को आवेदन खुल्ला गरिएको हो ।
मिस युनिभर्स नेपालमा सहभागी हुन चाहनेले साउन १८ गतेसम्म आवेदन दिन सक्ने ब्युटी पेजेन्टकी राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठले जानकारी दिनुभयो । उहाँले आगामी संस्करणलाई थप समावेशी र लोकतान्त्रिक बनाउदैँ अगाडि बढ्ने प्रयास भइरहेको बताउनुभयो । श्रेष्ठले, अबको संस्करणमा प्रतिस्पर्धीको उमेर सीमा बढाएर १८ देखि २८ वर्षसम्म पुर्याइएको जानकारि दिनुभयो ।
मिस युनिभर्स नेपालका प्रबन्ध निर्देशक उद्धव अधिकारीले प्रतियोगिताले सबैलाई अवसर प्रदान गर्दै अघि बढ्न प्रोत्साहन दिने बताउनुभयो । आउँदो संस्करणको विजेताले ७२औं मिस युनिभर्समा प्रतिनिधित्व गर्न पाउने बताइएको छ ।
पर्यटन बोर्डकी प्रबन्ध निर्देशक नन्दिनी थापाले प्रतियोगिताको विजेतालाई नेपालको पर्यटन दूत घोषणा गर्ने बताउनुभयो ।
त्यस्तै, मिस युनिभर्सल नेपालका कोरियोग्राफर प्रशान्त ताम्राकारले,ुकोरियोग्राफरको भुमिका मञ्चमै प्रस्तुत हुने भएकाले आफ्नो मिहिनेत प्रतिस्पर्धीहरू मार्फत देखिने बताउनुभयो ।ु उहाँले आफुहरूको मिहिनेतका आधारमा प्रतिस्पर्धीीहरूबाट उत्कृष्ट आउने हुँदा कुनै पनि कसर बाकी नराखी उत्कृष्ट प्रतिस्पर्धी सार्वजनिक गर्ने बताउनुभयो ।
त्यस्तै, २०२२ कि मिस युनिभर्सल नेपाल सोफिया भुजेलले, ुमिस युनिभर्स नेपालले आफुहरूलाई प्रतिस्पर्धा गर्ने एउटा थलो प्रदान गरेको र त्यसको सदुपयोग कसरी गर्ने आफ्नो हातमा हुने बताउनुभयो । ु
चौथो संस्करणको मिस युनिभर्सल विश्वको सबैभन्दा प्रतिष्ठित र सम्मानित प्रतियोगिता मध्यको फ्रान्चाइजी अन्तर्गतको स्वतन्त्र राष्ट्रिय प्रतियोगिता हुने आयोजकले विश्वास लिएको छ ।
मिस युनिभर्स नेपाल २०२३ को ताज जित्ने र ७२औं मिस युनिभर्सको भव्य मञ्चमा आफ्नो राष्ट्रको प्रतिनिधित्व गर्ने सपना बोकेका सबै साहसी, सशक्त र सुन्दर महिलाहरूका लागि यो एउटा उत्कृष्ट अवसर भएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन १५ जुनदेखि ३ अगस्टसम्म दर्ता समय रहेको र, इच्छुक सहभागीहरूले यस अवधिमा प्रतियोगिताको लागि नाम दर्ता गर्न सक्ने छन् । उमंग क्रिएसनले आयोजना गर्न लागेको मिस युनिभर्स नेपालको यो चौथो संस्करण हो ।


















यस्तो छ आज तरकारीको थोक मूल्य
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
मातातीर्थमा मातृभक्तको भीड
लेबनान र इजरायलबिच १० दिने युद्धविराम
आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने- सदैव शुभ होस्, दुःखको हरण होस्
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
प्रतिक्रिया