वृश्चिक राशिले आज सफलता हासिल गर्ने, अन्य राशिको कस्तो छ दिन ?

काठमाडाैं । आज साउन १५ गते साेमबार । चतुर्दशी, अधिक श्रावण शुक्लपक्ष । जुलाइ ३१ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष- आज दिनको सुरुवात धेरै सकारात्मक रहनेछ। मन अनुसार काम सम्पन्न हुनेछन् । परिवारसँग किनमेल आदिमा समय बित्नेछ। विद्यार्थीको ध्यान पढाइमा रहनेछ । विदेश जान चाहनेका बाधाहरू हट्नेछन् । लगानी सम्बन्धी मामिलामा सावधानीपूर्वक निर्णय लिनुहोला ।
वृष- सामाजिक सञ्जालमा सक्रिय रहँदा तपाईले आज राम्रो जानकारी पाउनुहुनेछ। साथीभाइ भेट्ने अवसर पनि मिल्नेछ ।
प्रतिकूल परिस्थितिमा धैर्य र संयमका साथ काम गर्नुहोस्। बालबालिकाको भविष्यप्रति सचेत हुन जरुरी छ ।
मिथुन- दिनको सुरुवातमा केही उतारचढाव आउनेछ । तर समझदारी पूर्वक काम गर्दा त्याे समाधान हुनेछ । आफन्तसँग मनमुटाव भए समाधान हुने सम्भावना छ । अरूलाई विश्वास गर्नुअघि आफ्नो निर्णयलाई बढी प्राथमिकता दिनु उपयुक्त हुन्छ।
कर्कट- वर्तमान ग्रह स्थितिले तपाईका लागि उत्कृष्ट अवस्था सिर्जना गरिरहेको छ। विद्यार्थीले प्रतिस्पर्धात्मक काममा सफलता हात पर्नेछन्। धार्मिक तथा आध्यात्मिक कार्यमा केही समय बिताउँदा मनोबल बढ्नेछ। छिमेकीसँग झगडा हुने अवस्था पनि आउन सक्छ ।
सिंह- सन्तानको प्रगतिको शुभ समाचार प्राप्त भएपछि घरमा खुशीको वातावरण रहनेछ। अहिलेका सामाजिक र राजनैतिक सम्पर्कहरू भविष्यमा तपाईंको लागि लाभदायक साबित हुनेछन्। वाहन वा सम्पत्ति किन्ने वा बेच्ने योजनामा हुनुहुन्छ भने अहिले स्थगित गर्नु उपयुक्त हुनेछ ।
कन्या- साेमबार ग्रह स्थिति अनुकूल रहनेछ। आझ कडा परिश्रमको उत्कृष्ट नतिजा पाइनेछ। तपाइँले चलिरहेकाे स्वास्थ्य समस्याबाट पनि राहत पाउनुहुनेछ ।
तुला- आज अधुरा काम पुरा हुनाले मनमा शान्ति रहनेछ। घरपरिवारमा विवादित मामिलाहरुको व्याख्या गर्नमा तपाईको विशेष निगरानी रहनेछ। छिटो सफलता पाउनको लागि कुनै अनुचित काम नगर्नुहोस्।
वृश्चिक- आज सफलता हासिल गर्ने दिन छ । राजनीतिक वा सामाजिक कार्यमा आफ्नो प्रभुत्व कायम गर्ने प्रयास सफल हुनसक्छ। नजिकका आफन्तको आगमनले घरमा रमाइलो वातावरण रहनेछ । तपाईको क्षमता र योग्यताको कदर गरिनेछ।
विद्यार्थीको ध्यान पढाइमा भन्दा रमाइलोमा बढी रहनेछ।
धनु- सामाजिक समस्या समाधान गर्न विशेष तपाइँकाे बिशेष भूमिका रहनेछ। विद्यार्थीहरूले कुनै प्रतियोगितामा सफलता प्राप्त गर्ने छन् । आज अत्याधिक जिम्मेवारी र थकानका कारण कमजोरी महसुस हुनेछ।
मकर- आज आफ्नो क्षमतामा विश्वास गर्नाले सफलता पाइनेछ। कतै अड्किएको धन प्राप्त हुनाले आर्थिक अवस्थामा पनि सुधार आउनेछ । घरका ज्येष्ठ नागरिकलाई कुनै धार्मिक स्थलमा लैजाने कार्यक्रम बन्ने छ ।
कुम्भ- आज अत्याधिक दौडधुपको स्थिति रहनेछ । तर मेहनतको वांछित परिणाम प्राप्त हुनाले थकान हावी हुनेछैन। आम्दानीका साधनमा पनि बल मिल्नेछ । घरको मर्मतसम्भार कार्यमा परिवारका सदस्यहरूसँग केही योजना बन्नेछ।
विद्यार्थीको पढाइमा ध्यान हट्ने छ।
मीन- आज दिनचर्यामा केही उतारचढाव आउनेछ। तर प्रयासले स्थिति सामान्य हुनेछ। आज कतै पैसा लगानी गर्नु हानिकारक हुनेछ। कहिलेकाहीं बच्चाहरुमा धेरै अपेक्षा राख्नाले सम्बन्धमा दुरी आउन सक्छ । स्वभावमा परिपक्वता ल्याउनुहोस्।









प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २०० उडान रद्द, कारण यस्ताे
एडमको शतकमा पोखराको जित, कर्णालीको लगातार चौथो हार
महाधिवेशनका लागि समय कम भयोः शशांक कोइराला
पोखराले कर्णालीलाई दियो २०२ रनको लक्ष्य
कुशल मल्लले छक्का हानेको बल लागेर चियर लिडर घाइते
एनपीएलमा जनकपुरको पहिलो जित
प्रतिक्रिया