शनिबार, फागुन ९, २०८२

एकीकृत समाजवादीकाे बैठक सर्‍याे

मेरोन्यूज २०८० साउन १५ गते ११:२१

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ।

Advertisement
nepal life insurencenepal life insurence

आज (सोमबार) बस्ने भनिएको बैठक तयारी नपुगेकाले स्थगन गरेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । अब सचिवालय बैठक साउन १९ गते बिहान ८ बजे बस्ने गरी बोलाइएको उपमहासचिव खतिवडाले बताए।

बैठकमा सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीति, कामको विस्तृत योजनाका साथै पार्टी परित्याग गरी गएका केही नेताको पद रिक्त रहेकाले ती पदमा मनोनित गर्नेलगायत विषयमा बैठकमा छलफल हुने कार्यसूची छ।

यही साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्यूरो र २० र २१ गते केन्द्रीय कमिटी बैठक बोलाइएकोमा ती सबै बैठक पनि प्राविधिक कारणले तयारी नपुगेको भन्दै सारिएको छ। अब २० र २१ गते भने स्थायी कमिटी बैठक बोलाइएको छ।

प्रतिक्रिया