पैसाको अभावमा उपचार नपाएर कसैले ज्यान गुमाउनु पर्दैन : स्वास्थ्यमन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पैसाको अभावमा उपचार नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउनु पर्ने अवस्था हुनु नहुने बताएका छन् । दोस्रो आधारभूत जीवन रक्षा दिवसको अवसरमा धुलिखेल अस्पतालले सोमबार आयोजना गरेको कार्यक्रममा स्वास्थ्य मन्त्री बस्नेतले पैसा नभएका कारण उपचार नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउनु पर्ने अवस्था नभएको बताएका हुन ।
मन्त्री बस्नेतले भने, ‘स्वास्थ्य मन्त्रीका हैसियतले त्यसको ग्यारेन्टी मैले लिन्छु ।’
बस्नेतले आफूले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेपछि देश भरिका १६ वटै संघीय अस्पतालहरूका ३ हजार ५ सय २३ शैया विपन्नका लागि निःशुल्क गरेको बताउँदै सम्पूर्ण निजी अस्पतालहरूले १० प्रतिशत शैया विपन्नका लागि निःशुल्क गर्ने कानुनी प्रावधानलाई कडाइका साथ लागु गराएकोले विरामीको उपचारमा धेरै हदसम्म सहज भएको दाबी गरे ।
दुई वर्षभित्र सबै नेपालीलाई निशुल्क रुपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने र पाँच वर्ष भित्र हरेक प्रकारका स्वास्थ्य सेवा प्रदान गर्न सक्ने आधारस्तम्भ तयार पार्न आफू लागेको बताउदै स्वास्थ्यमा कुरा भन्दा काम गर्दै अगाडि बढेको जानकारी दिए ।
सानोतिनो रोगको उपचारका लागि भिआईपी र भिभिआईपीहरु विदेश जाने र करोडौं राज्यकोषको खर्च हुने गरेको जन गुनासो प्रति इंगित गर्दै बस्नेतले भिआईपी र भिभिआईपीका लागि पनि वीर अस्पताल पाँच शैयाको कक्ष निर्माण गरेर १५ जना विशेषज्ञ चिकित्सकको टिम बनाइदिएको बताए ।
वीर अस्पतालमा बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु गरेपछि उपचारका लागि वीर जाने बिरामीको संख्या ४० प्रतिशतले बढेको पाइएको बस्नेतको दावी छ । मन्त्रीका रुपमा पाएको स्मरण गर्दे आत्मादेखि नै जनताको पक्षमा गरेका कामले सधै सफलता पाइने बताए ।
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया