मंगलबार, फागुन २६, २०८२

४५ दिने निःशुल्क कपाल काट्ने तालिम सम्पन्न

मेरोन्यूज २०८० साउन १६ गते १०:३९

काठमाडौं। बुढानिलकण्ठ नगरपालिका वडा नं १० को आयोजना तथा बि स्टार युनिसेक्स एकेडेमीको संयोजकत्वमा सञ्चालन भएको ४५ दिने निःशुल्क कपाल काट्ने तालिम शनिबार सम्पन्न भएको छ । उक्त तालिम गत जेठ २८ गतेदेखी कपनस्थित बि स्टार युनिसेक्स एकेडेमीमा सञ्चालन भएको थियो ।

Advertisement
nepal life insurencenepal life insurence

एकेडेमीका प्रमुख बिक्रम गौतमले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए । समापन कार्यक्रम बुढानिलकण्ठ नगरपालिकास्थित वडा नं १० को वडा कार्यालयको हलमा भएको हाे ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी प्रमुख अतिथि थिए भने विशिष्ट अतिथिका रुपमा साेहि नगरपालिकाका वडा नं १० का वडा अध्यक्ष नवराज भट्टराई रहेका थिए ।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले सीप सिक्दा कोहि सानो ठुलो नहुने बताए । ‘यदि कसैलाई यो ४५ दिनको अवधिमा सिकेको सीप अझै कमी महशुस भएमा फेरी सञ्चालन हुने तालिममा सहभागी हुन सक्नु हुनेछ ।’ उनले भने ।

यस्तै बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का वडा अध्यक्ष शम्भु भट्टराईले आफ्नो वडामा कपाल काट्न सिकाउने तालिम आयोजना हुन लागेको जानकारी दिए । यस्ता सीपमुलक तालिमबाट देशमा स्वरोजगार सिर्जना गर्न आफ्नो वडा निरन्तर लागि पर्ने उनले प्रतिबद्धता जनाए । कार्यक्रममा मनोरञ्जन कलाकार सुबोध गौतमले बिभिन्न व्यक्तिको क्यारिकेचर गरेका थिए ।

यसैगरी कार्यक्रममा अतिथिको रुपमा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष शम्भु भट्टराई, वडा नम्बर ११ का वडा अध्यक्ष राजु अधिकारी, वडा नम्बर १० का युवा परिषद् अध्यक्ष सुदिप लुइ“टेल, वडा नम्बर १० युवा परिषद् उपाध्यक्ष रुपेश भट्टराई, कार्यपालिका सदस्य रिता दाहाल, वडा सदस्य चन्द्रमान श्रेष्ठ, दिल कुमारी बिकको सहभागिता रहेका थियो ।

कार्यक्रममा थप रौनक थप्न हास्य टेलिशृंखला ‘सक्किगोनी’ का कलाकार हरि निरौला ‘कक्रोच’, सागर लम्साल ‘बले’, सुबोध गौतम ‘एदुमे’ अतिथिका रुपमा सहभागी थिए ।

कार्यक्रममा तालिममा सहभागी सम्पूर्ण विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने प्रशिक्षकको भुमिका निर्वाह गरेका बि स्टार युनिसेक्स एकेडेमीका प्रमुख बिक्रम गौतम र बिनय गौतमलाई कदर पत्र प्रदान गरिएको थियो ।

बि स्टार युनिसेक्स एकेडेमीका प्रमुख बिक्रम गौतमले आफ्नो अनुभव विद्यार्थीहरुलाई साट्न पाउँदा खुशी व्यक्त गरे । उनले नेपालमा कपाल काट्ने पेशाका लागि अन्य देशबाट जनशक्ति आउनुपर्ने क्रमको अन्त्य गर्न आफू निरन्तर लागि पर्ने बताए।

प्रतिक्रिया