मुस्लिम, मगर, तामाङलगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने अभिव्यक्ति दिने अधिवक्ता पाण्डे पक्राउ

काठमाडौं । मुस्लिम, मगर, तामाङलगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार बिहान उनलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी परिसर प्रमुख कार्कीले उनको बयान भइरहेको जानकारी दिए ।
उनले मगर र तामाङ समुदायप्रति लक्षित गरी विवाहबारे अभिव्यक्ति दिएकी थिइन् । केही दिनअघि टेलिभिजन अन्तर्वार्ताका क्रममा मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति अधिवक्ता पाण्डेले दिएकी थिइन् ।
त्यसपछि उनीविरूद्ध परिसरमा जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको एसएसपी कार्कीले बताए ।
बुधबार नै उनलाई पक्राउ गर्नुपर्ने माग राख्दै परिसर अगाडि नेपाल मगर संघ र नेपाल तामाङ संघले प्रदर्शन गरेको थियो।
प्रदर्शन एवं प्रहरीमाथि ढुंगामुढा गर्ने २८ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारी दुर्वतर्फ घाइते भएका छन् । प्रदर्शनकारीको ढुंगा लागेर १०–१२ प्रहरी घाइते भएको कार्कीले बताए ।
















नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
प्रचारप्रसार गर्नुअघि राजनीतिक दल वा उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्नुपर्ने
निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन आग्रह
प्रधानमन्त्री कप क्रिकेटः बैतडी लगातार विजयी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया