शनिबार, फागुन ९, २०८२

शैक्षिक बहस

किन बन्दैनन् संगठनका संरचना ?

मेरोन्यूज २०८० साउन १८ गते १४:५८

नेपाल राष्ट्रिय प्राध्यापक संगठनको स्थापना हुनुभन्दा पहिला नेपालमा त्रिभुवन विश्वविद्यालय (१९५९), नेपाल संस्कृत विश्वविद्यालय (१९८६), काठमाण्डौं विश्वविद्यालय (१९९१), पुर्बाञ्चल विश्वविद्यालय (१९९४) र पोखरा विश्वविद्यालय (१९९७) हरू थिए । २०६६ मा संगठनको स्थापना भएपछि थप लुम्बिनी बौद्ध विश्वविद्यालय (२००५), सुदुर पश्चिम विश्वविद्यालय (२०१०), मध्य पश्चिम विश्वविद्यालय (२०१०), कृषि तथा वन विश्वविद्यालय (२०१०), नेपाल खुला विश्वविद्यालय (२०१६), र राजर्षि जनक विश्वविद्यालय (२०१७) खुलेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

प्रदेश तहमा गण्डकी विश्वविद्यालय, मनमोहन प्राबिधिक विश्वविद्यालय, मधेश कृषि विश्वविद्यालय, लुम्बिनी प्राबिधिक विश्वविद्यालय, मधेश विश्वविद्यालयहरू स्थापना भैसकेका छन् । योगमाया आयुर्वेदिक विश्वविद्यालयको बिल सदनमा प्रबेश पाएको छ । हालै सरकारले तिलगंगा अस्पताललाई विश्वविद्यालय बनाउने गरी निर्णय गरेको छ । नवलपरासीमा खुल्ने नेपाल विश्वविद्यालय सहित अरु विश्वविद्यालयहरू खुल्न लागेको यो समयमा हुन लागेको सम्मेलनलाई ऐतिहासिक र भब्य बनाउनुमा हामी सबैको एक मत नै छ ।

दैनिक जसो नेपालका विश्वविद्यालयहरू र विशेष गरी त्रिभुवन विश्वविद्यालयका बारेमा छापिने र सुनिने समाचारका कारण उच्च शिक्षाको बारेमा हामी चिन्तित बन्न सकेका छैनौं भन्ने प|ष्ट पारेको छ । नेपालको सबै भन्दा पुरानो त्रिभुवन विश्वविद्यालयदेखि राजर्षि जनक विश्वविद्यालय, प्रदेशमा खुलेका विश्वविद्यालयहरू र खुल्ने क्रममा रहेका विश्वविद्यालयहरू प्राध्यापकहरूका सम्सयलाई देशको समग्र उच्च शिक्षाका समस्यासित जोडेर २१ औं शताब्दीको नयाँ नेपाल बनाउने अभियनमा लाग्न पार्टीको साथ र छहारी खोजेका छौं । उच्च शिक्षा, गुणस्तरता र देश निर्माणको साझा लक्षमा हिंड्नका लागी हामी सबैले एउटै अभियान बनाउँ भन्ने कामनfका लागी यो ध्यानाकर्षण गराएका छौं ।  

सम्माननिय पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीज्यु,

नेकपा (माओबादी केन्द्र), काठमाण्डौं ।

१) नेपाल राष्ट्रिय प्राध्यापक संगठनको स्थापना २०६६ मा भएको थियो । २०८० सम्म पनि अधिबेशन नै हुन नदिने र संगठनलाई यथास्थितिमा लैजाने भनेर लागी परेको शक्ती नै संगठनको लागी बाधक तत्व बनेको थियो । २०८० जेठ १४-१५ मा अधिवेशन त भयो तर टाउको बिनाको बच्चा जस्तै बिरुपको जन्मनु चिन्ताको कुरा हो । अधिबेशन रोक्न तम्सिएको उक्त शक्तिका बिरुद्ध नयाँ लडाईंको शुरुवात गरेर प्रध्यापकहरू अगाडी जानु आवश्यक थियो । बाग्मती प्रदेश इन्चार्ज क. हितमान शाक्य र पार्टी महासचिब क. देबप्रसाद गुरुङ्गलाई समयमा नै यस बारे जानाकारी गराउँदा पनि समस्याको उचित समाधान निस्केन ।

२) यो कार्य हाम्रो लागी केही असजिलो लागे पनि त्यो समयको आवश्यकता नै बनेको थियो । पटकपटक सम्मेलन गर्ने अभियानमा लाग्दा लाग्दै पनि सम्मेलन हुन नदिन भएका अदृष्य खेल बिरुद्धको अभियानमा हामीहरू सबैको साथ र सहयोग खोजेका थियौं । यसका लागी संगठनका इन्चार्ज क. कृष्णध्वज खड्काको अनिच्छा र कमजोर शैक्षिक दृष्टकोणका कारण हाल यी समस्या देखिएका छन् । २०८० जेठ १४-१५ मा भएको अधिबेशनपछि कुनै बैठक नराख्ने, स्वार्थ समूहको कोठे छलफल गर्ने कामले निरन्तरता पाउनु नै यथास्थितिको कारक तत्व हो ।

३) यो समयमा पार्टीका आदरणीय अध्यक्ष सहित आम पार्टी पदाधिकारी सहित सबैमा हाम्रो साझा अनुरोध सहित यी शब्दहरू लेख्न बाध्य पार्नैहरूलाई पनि हामी धन्यबाद दिन चाहान्छौं । यसका लागी हामी सम्पुर्ण प्राध्यापकहरूलाई पार्टी शक्तिको दुरुपयोग गरेर पुरानै शैलीको संगठन बनाउने खेलका बिरुद्धको अभियानमा अधिबेशन पछि पनि एकताबद्ध हुन र नेपालको उच्च शिक्षालाई बदल्ने अभियानमा लाग्न सबैलाई अनुरोध गर्दछौं ।

४) २०६३ मा अन्तरिम सम्बिधान बने पछि नेपालको उच्च शिक्षालाई बदल्न सकिन्थ्यो । नीति भन्दा पनि आफन्तका लागी जागिरको ब्यबस्था गरेर सहिद परिवार, घाइते परिवार सहित पार्टी संगठनमा काम गर्नु पर्नेमा पार्टीको नामबाट पदाधिकारी हुनेहरूले छोरा-छोरी, ज्वाईं, बुहारी, साला र आफन्तलाई जागिर खुवाउने र सहिद परिवार, घाइते र बेपत्ता परिबारका सदस्यहरू शैक्षिक र योग्यतामा उत्तम हुँदा हुँदै पनि तेजोबध गर्ने काम कुनै पनि अर्थमा ठीक हुन सक्दैन्थ्यो । तर काम यस्तै भयो । आफन्तहरूले अवसर पाउने प्रचलन घटेन बरू बढ्यो । पोखरा विश्वविद्यालयमा सहिद परिवारलाई प्रक्रिया पुराएर फेल गर्ने र आफन्तलाई अवसर दिने काम भयो । त्रिविमा आफन्तलाई राख्ने कामले चन्द्रमणी पौडेल रजिष्ट्रार हुँदा निरन्तरता पायो । खुला विश्वविद्यालयमा सहिदका परिवारलाई जानी जानी फेल गराउने गिरोहले आफन्तलाई काङ्ग्रेससँग मिलेर राखी छोड्यो । र, तिनै गिरोह मिलेर त्रिविलाई उठ्नै नसक्ने गरी दलदलमा फसाउने काम भएको छ । २०५० दशकमा आन्दोलनलाई गद्दारी गरेर आत्मसमर्पण गर्नेले २०६३ पछि शक्तीको भरमा संगठनलाई लुटको अड्डा बनाए । घरमा नोकर-चाकर राखेर ऐयासी जीवन बिताउनेले सहिद परिवारलाई लात्ताले हानेर मन्त्रालयतिर घरका सहयोगीलाई जागिर लगाउने काम मन्त्रीहरूबाट नै हुने गरेको छ ।

५) संगठन र पार्टीमा रहे कै कारण आफ्ना र केही स्वार्थ समूहका लागी बिभिन्न विश्वबिद्यालयको सम्बन्धन लिने, उपकुलपतीसित मिलेर विद्यार्थी नेताहरूलाई पैसा बाँड्ने र शैक्षिक संस्थामा साहू बन्ने प्रक्रियाले निरन्तरता पाएको छ । कुनै पनि विश्वविद्यालयमा काम गर्ने प्राध्यापकले रिसतको नाममा पैसा वा सेवा वा कुनै पनि फाइदा लिनु भ्रष्टचारसँग जोडिने काम हुनेहुँदा अनुचित काम गर्नेले सजाएँ पाउनुको सट्टा पार्टी केन्द्रका नेताहरू नै संलग्न हुनु ठीक काम हैन ।  

आदरणीय अध्यक्ष कामरेड,

६) हामी अहिले नेपाल राष्ट्रिय प्राध्यापक संगठनको पहिलो अधिबेशन समाप्त गरेर पदाधिकारी चयन गर्नबाट बञ्चित बनेका छौं । यो गन्तब्यहिनताको अवस्था ल्याउन पुर्ण रुपमा पार्टीका इन्चार्जको भूमिका रहेको छ ।

७) २०६६ मा स्थापना भएको यो पेशागत संगठनले यतिका लामो समय सम्म पनि आफ्नो यात्रा तय गर्न नसक्नुमा नेतृत्वतहदेखि पार्टी इन्चार्जहरु सम्मको भूमिका कुनै न कुनै तहमा जिम्मेवार छन् । पुराना यी अँध्यारा पाटाहरूलाई तिता र अपाच्य हुन् भन्ने बुझेर अब २०८० को दशकमा नेराप्रासंको यात्रा सुखित र उज्जवल बनाउन एक साथ भएर लाग्नु पर्छ । यो महान कार्यमा आदरणीय अध्यक्षको अर्जुनदृष्टिको खाँचो रहेको हामीहरूलाई लागेको छ । नेराप्रासंका सदस्यहरू यो कार्यलाई पुरा गर्नका लागी तयार छौं र मात्र छेकेवार हटाउन मात्र खोजेका हौं । 

८) नेपालको दिगो विकास उच्च शिक्षको गुणस्तर र सर्बसुलभता बिना सम्भव छैन । १९८० देखि देखिएको खुला बजार कै कारण हाम्रा शिक्षाका पुराना धरोहरहरू खण्डहर हुन पुगेका छन् । नेपालका सबै उच्च शैक्षिक संस्थाहरूलाई पुनर्ताजगी गराउन कै लागी नेराप्रासंको अधिबेशनपछिको नेतृत्वले सफलता साथ काम गर्नु पर्ने भएको छ । अन्यथा हाम्रो संगठन पुरानै संरचनामा रमाउनेहरुको संजालमा जेलिने खतरा छ ।

९) १९६० पछि खुलेको भारतको जेएनयुलाई सम्झेर काम गर्नु पर्नेमा त्रिवि सहित नेपालका विश्वविद्यालयहरूको अवस्था बिगार्नमा लागेकाहरू नै पार्टी शक्तीको आडमा संगठनमा देखिनुलाई संयोग मान्न हुन्न ।

१०) हाल सम्म नेराप्रासंले समयको बदलिंदो आवश्यकतालाई चाहिने किसिमबाट काम गर्न र पार्टी तथा सरकारलाई आवश्यक सल्लाह दिन सकेको छैन । जिम्मेवारीमा रहनेदेखि सबैले संगठनको आचरण पालना गरेमा र निजी कलेजमा आफ्नो आशक्तीलाई सँधैका लागी हटाउन तयार भएमा नेपालको उच्च शिक्षाको रुपान्तरणमा साझा लक्ष भेटिनेछ ।

आदरणीय अध्यक्ष,

११) नेपालमा २०६३ पछि धेरै विश्वविद्यालयहरू खुलेका छन् । ती विश्वविद्यालयहरूलाई आवश्यकता र औचित्यताको आधारमा संचालन गराउन कै लागी सरकारले जिम्मेवारी बनेर काम गर्नुपर्छ । शिक्षा मन्त्रालय –तालुकी मन्त्रालयले पुरानै शैलीबाट उच्च शिक्षालाई बुझेका कारण कारण प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूका समस्याहरू समाधान हुन सकेका छैनन् । अर्थ मन्त्रालय नै कतिपय अवस्थामा बाधक बन्दा विश्वविद्यालयका भिसीहरू टाढादेखि सिंहदरबार धाउनु पर्ने समस्यालाई अब हटाउनु पर्छ । यस बारेमा सरकारका मन्त्रीहरूले जिम्मेवार बनेर काम गर्नु पर्छ ।

१२) २०६८ सालमा त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको सम्मेलन हुँदाको समयको नेराप्राको शक्तीमा निकै क्षयीकरण भएको छ । त्रिभुवन विश्वविद्यालयमा मात्र १२५० प्राध्यापक रहेको त्यो बेलाको शक्ती आज करिब ६०-७० प्रतिशतमा रहनु आफै चिन्ताको विषय हो । २०६८ र २०७४ को खुला प्रतिस्पर्धाबाट केही प्राध्यापकहरू सेवामा प्रवेश गर्दा समेत हाम्रो पुरानो शक्तीलाई भेट्न सकेको छैन । देशैभरी खुलेका सामुदायिक क्याम्पसहरूलाई ब्यबस्थापन गर्न नसक्दा र त्यहाँ काम गर्ने प्राध्यापकहरुका समस्या बारे ध्यान नदिंदा हामी स्खलित हुन पुगेको कुरा छर्लङ्ग छ । यस पक्षको जिम्मेवारी संगठन, संगठनमा काम गर्न आउने इन्चार्ज र समबन्धित ठाउँका पार्टीले नै लिनु पर्दछ ।

१३) २०६३ को राजनैतिक आन्दोलनपछि स्थापना भएको नेराप्रासंमा देखिएको सङ्कृणता र स्वार्थ समुहको खेलमा हामीले घेरै गुमाएका छौं । संगठनको साख गुमाएका छौं, शक्ती गुमाएका छौं, नयाँ प्राध्यापकहरूलाई गोलबन्द गर्न सकेका छैनौं र पैसा उठाउने कामलाई नयाँ संस्कृतिको रुपमा भित्राउन लागी परेका छौं । यी सारा खराब प्रबृतिलाई टुलुटुलु हेरेर देश निर्माण हुनसक्दैन । २०६६ देखि २०८० को शुरु सम्म संगठनको नेतृत्वका कारण नै यी समस्याहरू देखिएका हुन् ।

संगठनमा क्षमता भएका भन्दा पनि पार्टी शक्तिको दुरुपयोग गरेर आफुखुशी नियुक्ती खाने, आफन्तलाई नियुक्ती दिने, संगठनले नचिनेकालाई पैसाको आधारमा विश्वास गर्ने र संगठनमा काम गर्ने प्राध्यापकहरूलाई पाखा लगाउने काममा बर्तमान इन्चार्जको भुमिका शुरुदेखि देखियो । संगठन निर्माणका लागी यो नै सबै भन्दा बढि बाधक बनेर आयो । पटक पटक पार्टी नेतृत्वलाई भेटेर यी समस्याहरूका बारेमा कुरा गरौं भन्दा ढोका बन्द गर्ने अवस्था देखिनु समाजबादको लक्ष बोकेको पार्टीमा सह्य कुरा हैन । हामीले बुझेको यो साझा विषयलाई पार्टीले बुझ्नु आवश्यक छ ।

आदरणीय अध्यक्ष,

१४) शिक्षा देशको मेरुदण्ड हो । उच्च शिक्षा देश बिकासको छानो र स्कुल शिक्षा त्यस महान कार्यको जग र संरचाना हो भन्ने कुरामा हामी प्रष्ट छौं । २०६३ पछि पटक पटक बिभिन्न विश्वविद्यालयमा नियुक्तीमा जाने तर उच्च शिक्षालाई बदल्ने काम हुन सकेन । नेपालको उच्च शिक्षाको पाठ्यक्रमले २०५२ देखि चलेको द्वन्दलाई अझै सम्म चिनेको छैन । विश्वविद्यालयको पदमा जाने आफन्त र आसेपासेलाई जागिरमा राख्ने, संबन्धनको नाममा पैसा उठाउने र ऐयाशी जीवन बिताउने र विश्वविद्याललाई धराशायी बनाउने खेलमा लागी परेका छन् ।  BCA  बिभिन्न विषयमा भएका सम्बन्धनमा यसतै घृणित खेल भएर नेराप्रा संगठनका प्राध्यापकहरू र पदाधिकारीहरू नै खुलेयाम यो काममा लाग्नु ठिक थिएन ।

१५) विश्वविद्यालयको पदमा बस्ने, संगठनमा आफै रमाउने भएकै कारण संगठन कमजोर बनेको छ । त्रिवि सहितका पदाधिकारीहरूलाई संगठनको नामबाट भेट्न नसक्ने, संगठनको मागपत्र दिन नसक्ने, बिभिन्न मुद्दालाई बहस र छलफलमा लैजान नसक्ने प्रबृति संगठनमा लामो समयदेखि रहंदै आयो र यो खराब काम अब सँधैका लागी अन्त्य हुन पर्दछ । 

१६) नेपालको उच्च शिक्षाको रुपान्तरणका लागी र वर्तमान नेपाल सरकारका प्रधानमन्त्री सम्माननीय पुष्पकमल दाहाल “प्रचण्ड” को सफल कार्यकालका लागी हामी रुपान्तरण हुनुको बिकल्प छैन । हामी सुध्रिन भन्दा पनि सुध्रिनै नचाहाने गरी निम्न पूजीबादी चरित्रका नायकहरूलाई संगठनको नेतृत्व र विश्वविद्यालयको नेतृत्त्वमा लैजान हुन्न भन्ने कुरामा त्यतिकै सजग छौं । आशा छ पार्टी अध्यक्षको तर्फबाट यो साझा अभियानमा पुरै पहलकदमी हुने छ ।

१७) नेराप्रासंको आगामी नेतृत्व सहमती वा निर्वाचन प्रणालीको माध्यामबाट तुरुन्त बनाउने बातावरण मिलाउनु हुन हाम्रो अनुरोध छ ।

१८) लुम्बिनी विश्वविद्यालयको उपकुलपति सहित त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको अध्यक्ष नियुक्तीका लागी आवश्यक पहलका लागी हाम्रो सादर अनुरोध छ । त्रिवि नेपालको सबै भन्दा ठूलो विश्वविद्यालय भएका कारण यसको उचित ब्यबस्थापन र गुणस्तर बृद्धिले उच्च शिक्षामा सुधार गर्न सहज हुने गर्छ । तसर्थ, त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको अध्यक्ष हाल त्रिवि सेवामा नियमित रहेको प्राध्यापकबाट नियुक्ती गराउनका लागी सम्माननीय प्रधानमन्त्री तथा त्रिविका कुलपतीलाई अनुरोध गरेका छौं ।

१९) नेराप्रासंको अधिवेशनको भावना अनुसारको नयाँ नेतृत्व निर्माण गरी सम्माननीय प्रधानमन्त्री प्रचण्डको भ्रष्टचार बिरुद्धको अभियानमा दृडसंकल्पका साथ लाग्ने र “नेपालको परिवर्तन अब सम्भव छ” भन्ने उक्तीलाई कार्यानवयन गराउन सहयोग पुग्ने वातावरण बनाइदिनुहुन हाम्रो अनुरोध छ ।

प्रतिक्रिया