६ राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन
मेरोन्यूज
२०८० साउन १८ गते १६:४०

काठमाडौँ । संसदीय सुनुवाइ समितिले ६ राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ । सरकारबाट सिफारिस भएर आएका राजदूतहरुको नाम सुनुवाइ समितिको बिहीबारको बैठकले सर्वसम्मत अनुमोदन गरेको समिति सभापति ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
असार २६ गते मन्त्रिपरिषद् बैठकले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको नेपाल नियोगमा आवासीय प्रतिनिधिमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सको राजदूतमा तेजबहादुर क्षेत्री, कुवेतको राजदूतमा घनश्याम लम्साल, थाइल्यान्डको राजदूतमा धनबहादुर ओली र फ्रान्सको राजदूतमा सुधीर भट्टराईको नाम सिफारिस गरेको थियो । उनीहरू सबैको नाम सर्वसम्मत अनुमोदन भएको हो ।
सम्बन्धित

















पाकिस्तान न्युजिल्यान्ड – सुपर ८ मा रोमाञ्चक भिडन्त
आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि आज जावलाखेल र सहारा भिड्दै
एमाले अध्यक्ष ओली आज झापा जाँदै, यस्तो छ कार्यक्रमकाे तालीका
आचारसंहिताविपरीत टाँसिएका बीस हजार प्रचार सामग्री हटाइयो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
सुनचाँदीको मूल्य घट्यो, आजकाे कारोबारकाे मूल्य कति ?
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया