वेस्ट इन्डिजविरुद्धको पहिलो टी-ट्वान्टीमा भारत पराजित

काठमाडौं । आईपीएल स्टारहरुले भरिएको भारत आफ्नो २ सयौं टी-ट्वान्टी अन्तर्राष्ट्रियमा वेस्ट इन्डिजसँग ४ रनले पराजित भएको छ ।
भ्रमण टोलीलाई पराजित गरेसँगै वेस्ट इन्डिजले पाँच खेलको टी-ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ ।
ब्रायन लारा क्रिकेट स्टेडियममा सम्पन्न खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस् टइन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो ।
वेस्ट इन्डिजका कप्तान रोभम्यान पावेलले सर्वाधिक ४८ रनको योगदान दिए । निकोलश पुरन ४१ र ब्रेन्डन किंग २८ रनमा आउट भए । भारतका युजभेन्द्र चाहल र अर्शदीप सिंहले समान २/२ विकेट लिए ।
जितको लागि १ सय ५० रनको विजयी लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन मात्र बनाउन सक्यो ।
भारतका लागि डेब्यू खेल खेलेका ब्याटर तिलक बर्माले सर्वाधिक ३९ रन बनाए । सूर्यकुमार यादव २१ र कप्तान हार्दिक पाण्डेयले १९ रन बनाए ।
वेस्ट इन्डिजलाई नाटकीय जित दिलाउन रोमारियो शेफर्ड, जेसन होल्डर र ओबेद म्याककोयले समान २-२ विकेट लिए । दुई देशबीचको दोस्रो टी-ट्वन्टी आई आइतबार खेलिने छ ।
















इरानका विदेशमन्त्री अराघची किन गए चीन ?
‘इरानसँग सम्झौतामा प्रगति’ भएको भन्दै ट्रम्पले ‘प्रोजेक्ट फ्रीडम’’ स्थगित गरे
अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता
अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिलहुन्छ-अध्यक्ष ढकाल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया