माओवादीले थप्यो २२ महिला केन्द्रीय सदस्य

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समितिमा २२ जना महिला थप गरेको छ । योसँगै माओवादी केन्द्रीय कमिटी ४०७ सदस्यीय बनेको छ । केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न माओवादीले २२ जना महिला थपेको हो । थपिएका केन्द्रीय सदस्यहरु शुक्रबारदेखि केन्द्रीय कमिटी बैठकमा सहभागी भएका छन् ।
अध्यक्ष पुष्पकमल दाहालले बुधबारको केन्द्रीय समिति बैठकमा ३३ प्रतिशत महिला थप गर्न गरेको प्रस्ताव पारित भएपछि मनोनीत भएका केन्द्रीय सदस्यहरु बैठकमा सहभागी भएका हुन् ।
माओवादीका अनुसार थप भएका नयाँ महिला केन्द्रीय सदस्यमा आङदावा शेर्पा, इन्दिरा अधिकारी, उमा कपाली, उर्मिला विक, गंगा खड्का, गिताकुमारी कँडेल चौलागाई, गिता शाही, छमकुमारी खनाल, दिलमाया बुढामगर, निरमाया श्रीस, निशा न्यौपाने, पार्वती थापा, भगवती तिवारी, मोतिकली चलाउने, कुमारी पुन, लिला शर्मा
सपना परियार, सिता दाहाल, सुशीला घिमिरे, सुशीला पौडेल, सूर्यकुमारी विक र सरु चौधरी छन् ।
उनीहरू यसअघि वैकल्पिक केन्द्रीय सदस्य थिए ।
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँका यी विभिन्न स्थानमा आज बिजुली कटौती हुने
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
सुनचाँदीको मूल्य घट्यो, आजकाे कारोबारकाे मूल्य कति ?
प्रतिक्रिया