शनिबार, चैत २८, २०८२

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

मेरोन्यूज २०८० साउन २३ गते ११:११

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ३ सय र चाँदी २५ रुपैयाँले घटेको हाे ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर १ लाख १२ हजार १ सय र तेजावी सुनको मूल्य १ लाख ११ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

कारोबारको अघिल्लो दिन छापावाला सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर १ लाख १२ हजार ४ सय र तेजावी सुनको मूल्य १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला २४ रुपैयाँले घटेर १ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया