रोल्पाबाट दाङ आउँदै गरेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु (अपडेट)

दाङ । रोल्पाको बागमारादेखि दाङको घोराहीतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । १४ जना घाइते छन् ।
रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रिची गाउँमा मंगलबार दिउँसो १ बजेपछि ना ५ ख २६१२ नम्बरको बस सडकबाट करिब ५० मिटर मुनि खसेर दुर्घटनाग्रस्त भएको हो ।
स्थानीयहरूका अनुसार तीव्र गतिमा गुडिरहेको बस चालकको नियन्त्रण बाहिर जाँदा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिकाका २२ वर्षीय प्रकाश बाँठा, माडी–४ का ५० वर्षीय गोरख डाँगी र उनकी श्रीमती ४५ वर्षीया हस्ता डाँगी र परिवर्तन–३ का ४६ वर्षीय भक्त विक रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।
बस सडकदेखि करिब एक सय ५० मिटर तल खसेको सूचना अधिकारी भुसालले बताए । दुर्घटनामा परी घाइते हुनेमा रोल्पाको माडी–६ का १४ वर्षीय नवीन बुढा, वडा नं ७ का ६२ वर्षीय कमानसिंह सुनार, रोल्पा नगरपालिका–६ दार्वोटका २५ वर्षीय कमानसिंह घर्तीमगर र माडी–४ का ९ वर्षीय मिलन डाँगी छन् । अन्य घाइतेमा माडी–६ कोर्चवाङका १५ वर्षीय मुकेश पुन, माडी–२ का २० वर्षीय जितेस बाँठा, सोही ठाउँका २३ वर्षीया हिमानी घर्तीमगर र उनका ११ महिनाको छोरा ओल्सन छन् । अन्य घाइतेमा माडी–४ का ३३ वर्षीया कविता खड्का र उनको पाँच वर्षको छोरा युस, माडी–४ का २६ वर्षीया मीना डाँगी तथा माडी–२ का २८ वर्षीया त्रिपना बाँठामगर छन् ।
यस्तै दुर्घटनामा परी घाइते हुने अन्यमा परिवर्तन–३ का २४ वर्षीय खुम्बु बुढामगर, त्रिवेणी–२ नुवागाउँका १७ वर्षीया पूर्णिमा बुढामगर, सोही ठाउँका १३ वर्षीया सुस्मिता बुढामगर, माडी–२ घर्तीगाउँका ४० वर्षीया बिर्जना घर्तीमगर र २४ वर्षीय कमल खड्का, रोल्पा नगरपालिका–६ दारबोटका २४ वर्षीय ईन्द्रकुमार घर्तीमगर तथा दाङको घोराही उपमहानगरपालिका–१२ हापुरका २४ वर्षीय चालक हुमराज बस्नेत रहेका छन् ।
















‘एकै बैठकमा सम्झौता हुने अपेक्षा थिएन’ – इरान
यस्तो छ आज कृषिउपजको थोक मूल्य
‘बहुपक्षीयताप्रति नेपाल प्रतिबद्ध छ’
‘अमेरिकाले युद्धबाट नसकेको कुरा वार्ताबाट हासिल गर्न खोज्यो’- इरान
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
प्रतिक्रिया