स्वास्थ्यमन्त्री बस्नेतद्वारा स्वास्थ्यजन्य फोहर व्यवस्थापन केन्द्रको उद्घाटन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पताल तथा स्वास्थ्य चौकीबाट निस्कने फोहर व्यवस्थापन गरी आमजनताको स्वच्छ वातावरणसहित गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पताल हाताभित्र रहेको स्वास्थ्यजन्य फोहर व्यवस्थापन केन्द्रको आज यहाँ उद्घाटन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले अस्पतालबाट निस्कने फोहर निर्मलीकरण तथा विसर्जनकार्य प्रारम्भ भएसँगै अस्पताल आसपासका क्षेत्रसमेत सफा र स्वच्छ बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले फोहर तथा दुर्गन्धका कारण फैलन सक्ने महामारीजन्य रोग सङ्क्रमण न्यूनीकरण तथा रोकथामका लागि देशभरका स्थानीय वडा तथा पालिका तहका जनता, विशेषज्ञ र सम्बद्ध क्षेत्रमा क्रियाशील संघ संस्थासँगसमेत सहयोग र सहकार्य गरी स्वास्थ्य क्षेत्रका समस्या समाधान गरिने धारणा व्यक्त गरे ।
स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोख्रेलले वातावरण प्रदूषण न्यूनीकरणसहित गुणस्तरीय, भरपर्दो एवं सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने सरकारको नीति तथा कार्यक्रम सफल तुल्याउन सम्बद्ध सबै क्षेत्रबाट साथ, सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले अस्पताल र केन्द्रको स्थापना भएपछि फोहरमैला व्यवस्थापनमा सहयोग पुग्ने बताए । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले समुदायसँगसमेत साझेदारी गरी स्वच्छ, सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
सरकारले सार्वजनिक अस्पतालमा निस्केको फोहर व्यवस्थापन गरी मानव मैत्रीवातावरणसहित स्वच्छ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा सशस्त्र प्रहरीसहित १५ वटा अस्पतालमा यस किसिमको स्वास्थ्यजन्य फोहर व्यवस्थापन केन्द्र स्थापना गरेको सो अवसरमा जानकारी गराइयो ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया