नागरिक उड्डयन प्राधिकरणले लगायो सिम्रिक एयरको उडानमा रोक

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको उडानमा रोक लगाएको छ । प्राधिकरणको टोलीले गरेको वित्तीय अडिटमा कमजोर वित्तीय अवस्था देखिएकाले रोक लगाइएको हो । साथै प्राधिकरणलाई तिर्नुपर्ने ४६ लाख रुपैयाँ पटक–पटक ताकेता गर्दा पनि नतिरेपछि सेवामा रोक लगाइएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।
कमजोर वित्तीय अवस्थाका कारण कर्मचारीले पारिश्रमिक नै नपाउने अवस्था देखिएको प्राधीकरणले जनाएको छ । भुलले प्राधिकरणले सिम्रिकका चार वटै हेलिकप्टर उडानमा रोक लगाएको जानकारी दिए ।
सिम्रिकसँग अहिले २ वटा बेल र २ वटा एएस ३५० हेलिकप्टर छन् । अब कम्पनीले प्राधिकरणलाई तिर्न बाँकी ४६ लाख रुपैयाँ बक्यौता चुक्ता गरी आफ्नो वित्तीय अवस्थाबारे आस्वस्त पार्न सके मात्र उडानबारे पुनःर्विचार हुन सक्ने भुलले बताए ।
एयरले तिर्नुपर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्र २७ लाख ९३ हजार रुपैयाँ वक्यौता रहेको प्राधीकरणले जनाएको छ । लुक्लामा १५ लाख ७२ हजार ९६५ रुपैयाँ तथा ताप्लेजुङ विमानस्थलमा ४ लाख ३७ हजार र सिमिकोट विमानस्थलमा १ लाख ५८ हजार वक्यौता पनि स्रोतले बतायो ।
















अविश्वासबीच इस्लामाबादमा अमेरिका–इरान वार्ता
अस्पताल सेवा सुधार कार्यविधि २०८२ जारी
युरोपियन युनियनद्वारा अवैध इजरायली विस्तारको निन्दा
इरानसँगको वार्ताका लागि जेडी भान्स आइपुगे पाकिस्तान
कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
प्रतिक्रिया