नागरिक उड्डयन प्राधिकरणले लगायो सिम्रिक एयरको उडानमा रोक

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको उडानमा रोक लगाएको छ । प्राधिकरणको टोलीले गरेको वित्तीय अडिटमा कमजोर वित्तीय अवस्था देखिएकाले रोक लगाइएको हो । साथै प्राधिकरणलाई तिर्नुपर्ने ४६ लाख रुपैयाँ पटक–पटक ताकेता गर्दा पनि नतिरेपछि सेवामा रोक लगाइएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।
कमजोर वित्तीय अवस्थाका कारण कर्मचारीले पारिश्रमिक नै नपाउने अवस्था देखिएको प्राधीकरणले जनाएको छ । भुलले प्राधिकरणले सिम्रिकका चार वटै हेलिकप्टर उडानमा रोक लगाएको जानकारी दिए ।
सिम्रिकसँग अहिले २ वटा बेल र २ वटा एएस ३५० हेलिकप्टर छन् । अब कम्पनीले प्राधिकरणलाई तिर्न बाँकी ४६ लाख रुपैयाँ बक्यौता चुक्ता गरी आफ्नो वित्तीय अवस्थाबारे आस्वस्त पार्न सके मात्र उडानबारे पुनःर्विचार हुन सक्ने भुलले बताए ।
एयरले तिर्नुपर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्र २७ लाख ९३ हजार रुपैयाँ वक्यौता रहेको प्राधीकरणले जनाएको छ । लुक्लामा १५ लाख ७२ हजार ९६५ रुपैयाँ तथा ताप्लेजुङ विमानस्थलमा ४ लाख ३७ हजार र सिमिकोट विमानस्थलमा १ लाख ५८ हजार वक्यौता पनि स्रोतले बतायो ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया