माछाका ‘ह्याचलिङ’मा किसान आकर्षित

भरतपुर । चितवनको मत्स्य विकास केन्द्र भण्डाराद्वारा उत्पादित माछाका भुराप्रति किसान आकर्षित भएका छन् ।
कार्यालयले आर्थिक वर्ष २०७९/८० मा सात करोड ५० लाख माछाको ह्याचलिङ ९चारदेखि सात दिनको भुरा० वितरण गरेको हो । यस्तै ७० लाख फ्राइ ९एक महिना अवधिको० र छ लाख ६० हजार फिङ्गरिङ (दुई महिनामाथिको) माछाका भुरा वितरण गरेको कार्यालयका प्रमुख माधवप्रसाद दाहालले जानकारी दिए ।
कार्यालयले सिल्भर कार्प, बिगहेड कार्प, ग्रोसकार्प, रहु, नैनी, भ्याकुर, पङ्गासियस र टिलापिया जातका माछाका भुरा उत्पादन र वितरण गर्ने गरेको छ । गत वर्ष कार्यालयले भुरा र माछा बिक्री गेरर रु ४५ लाख राजस्व सङ्कलन गरेको उहाँले जानकारी दिए । उनका अनुसार कार्यालयबाट गत वर्ष छ सय ५० किसान लाभान्वित भएका छन् ।
बागमती प्रदेशको १३ जिल्ला कार्यक्षेत्र रहेको कार्यालयबाट बागमती प्रदेशसँगै अन्य प्रदेशका किसानले पनि सेवा लिने गरेका छन् । उच्च गुणस्तरका हुने भएकाले यहाँ माछाका भुरा लिनका लागि नवलपुर, गोरखा, बारा, पर्सालगायतका जिल्लाबाट पनि कृषक आउने गरेका छन् ।
कार्यालयले फ्राइ जातको २५ पैसा र फिङ्गरिङको ७५ पैसा प्रतिभुरा लिने गरेको छ । केन्द्रमा ३६ पोखरी निर्माण गरिएको छ । यसमा माउ पोखरी छ रहेका छन् । अरु सबै नर्सरी पोखरी हुन् । कार्यालयले खाने माछासमेत उत्पादन गरेर बिक्री गर्दै आइरहेको छ । वार्षिक एकदेखि दुई टन माछा कार्यालयले बिक्री गर्दै आइरहेको मत्स्य विकास अधिकृत डा गणेश अधिकारीले जानकारी दिए ।
उनले कार्यालयले पछिल्लो समय माछा बिक्रीभन्दा पनि भुरा उत्पादनलाई जोड दिएको बताए । केन्द्रलाई शुद्ध नश्ल संरक्षण तथा प्रवर्द्धन स्रोत केन्द्रको रूपमा समेत विकास गर्दै लगिएको उनको भनाइ छ । कार्यालयले कृषकलाई माछासम्बन्धी तालिम र परामर्श सेवासमेत दिँदै आएको छ ।
















खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
रुसी पूर्वमन्त्री पोपोभलाई १९ वर्ष जेल सजाय
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
प्रतिक्रिया