नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ काठमाडौंको अभिमुखिकरण कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ काठमाडौं जिल्लाद्वारा आयोजित ‘व्यवसाय व्यवस्थापन तथा अभिमुखिकरण’ कार्यक्रम शनिबार राजधानीमा सम्पन्न भएको छ । उक्त कार्यक्रम नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ काठमाडौंका अध्यक्ष तथा महासंघका कोषाध्यक्ष राज कार्कीको अध्यक्षतामा भब्य रूपमा सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि रहेका नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठबाट कार्यक्रमको उद्घाटन गरिएको थियो । प्रदेश सह–संयोजक भिम दर्नाल, मानार्थ सदस्य प्रकाश दर्जी, केन्द्रिय सदस्य रामप्यारा छिनाल, नेपाल कपडा तथा सिलाई व्यवसायी संघका पुर्व केन्द्रिय सदस्य तारा परियार, संघ र महासंघका विभिन्न पदिय जिम्मेवारीमा रहनु भएका उर्मिला श्रेष्ठ, पारु भट्टराई, देउरुपा थापा लगायत उद्यमी व्यवसायीको उल्लेखनीय उपस्थिति रहेको भयो ।
‘व्यवसाय व्यवस्थापन किन जरुरी छ ?’ यसको महत्वबारे प्रष्ट्याउँदै नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ काठमाडौं जिल्लाका अध्यक्ष राज कार्कीले व्यवसायीहरुमा हौसला थपेका थिए । ‘हामीले उत्पादन गर्ने कपडाले मानिसको इज्जत, प्रतिष्ठा थप्ने काम गर्छ ।’ कार्कीले भने, ‘हामीले हाम्रो पेशालाई स्थापित गर्ने काम आफैले गर्नुपर्छ ।’ देश चिनाउँन, पेशा चिनाउँन र मुलुकको समृद्धिमा नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ र महासंघमा आबद्ध सबै व्यवसायीहरुले नै टेवा पु¥याउँन भूमिका खेल्न उनले आग्रह गरे ।
यस्तै नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठले सबै व्यवसायीसँग अघि सहकार्य, समन्वय गर्न आफू तयार रहेको बताए । आफूले नेतृत्व गर्नु अगाडी संस्था सुसुप्त र त्यति सक्रिय नभएको बताउँदै श्रेष्ठले संस्थाको विकास लागि हरदम लागिपर्ने बताए । पछिल्लो चार वर्षको अवधिमा मुलुकका ७२ जिल्लामा संगठन बिस्तार सफल भएको उनले बताए ।
संघको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने दस जना उद्यमी, व्यवसायीहरूलाई सम्मान पत्र प्रदान गरिएको थियो । यस्तै अन्य सदस्यहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो । काठमाडाौं जिल्ला सचिव एवं महासंघका केन्द्रिय सदस्य वासुदेव पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

















सङ्घीयता सुदृढ बनाउन संविधान संशोधन गर्न सकिन्छ: संयोजक दाहाल
नुवाकोटमा आफैँले काटेको रुखले लागेर एक जनाको मृत्यु, दुई घाइते
पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छः अध्यक्ष दाहाल
फरार प्रतिवादी धमाधम पक्राउ पर्दै
‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिक्रिया