बुधबार, वैशाख २३, २०८३

सिआईबीले नक्कली भनेर सक्कली डाक्टर समातेपछि…

मेरोन्यूज २०८० साउन २८ गते १६:२९

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी)ले नक्कली डाक्टर भनेर सक्कली डाक्टरलाई समातेपछि अफ्टेरोमा परेको छ । एसएलसी र प्लस टुका मार्कसिट कीर्ते गरेर नम्बर थपघट गरी एमबीबीएस अध्ययन गरेका नक्कली डाक्टरहरूमाथि अपरेसन चलाएको सीआईबीले महोत्तरीको पिपरा गाउँपालिका–८ घर भएका डा. रञ्जित कुमार यादवलाई पनि पक्राउ गरेको थियो । तर, उनी नक्कली नभएर सक्कली भएपछि सिआईबी फसाद्मा परेको हो ।

Advertisement
NiccNicc

साउन २५ गते सीआईबीले नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य सुनिल शर्मासहित डा. यादव र त्रिवि शिक्षण अस्पतालमा काम गर्ने डा.अमित चौधरी थिए।

सीआईबीले नक्कली भन्दै पक्राउ गरेका बारा घर भएका रञ्जित कुमार यादव नक्कली नभइ सक्कली डाक्टर रहेको नेपाल मेडिकल काउन्सिलको तथ्यांकमा देखिएको हो । सक्कली डाक्टर रहेको खुलेपछि अहिले सीआईबीमा कसरी यस्तो भयो भन्दै आन्तरिक सोधपुछ समेत गरिएको छ।

रञ्जित कुमार यादव नाम गरेका अर्का नक्कली डाक्टरलाई पक्राउ गर्नुपर्नेमा सीआईबीले नक्कली भन्दै सक्कली डाक्टर यादवलाई पक्राउ गरेपछि ३ दिनसम्म हिरासतबाट सुटुक्क रिहा गर्ने प्रक्रिया अघि बढाएको छ।

यादव सक्कली रहेको पाइएपछि नेपाल मेडिकल काउन्सिलले उनका कागजातसहितको पत्र सीआईबीलाई आइतबार सिआईबी पठाएको बुझिएको छ । काउन्सिलको पत्रपछि सीआईबीले यादवलाई छाड्ने प्रक्रिया अघि बढाएको स्रोतले बतायो । काउन्सिलका रजिष्ट्रार कृष्ण अधिकारीले भने यादवको डकुमेन्टहरु सिलबन्द गरेर सीआईबीको पठाएको जानकारी दिए ।

प्रतिक्रिया