मर्मतपछि ९० लघु जलविद्युत् आयोजनाको उत्पादन नियमित

गण्डकी । गण्डकी प्रदेश सरकारले पछिल्ला पाँच वर्षमा ९० लघु जलविद्यत् आयोजनाको मर्मतसम्भार गरेको छ । जीर्ण आयोजना मर्मत गरिएपछि तीन हजार दुई सय ९५ किलोवाट बिजुली उत्पादन नियमित भएको प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ ।
ती आयोजनाबाट १५ हजार चार सय ४० घरधुरी लाभान्वित भएको मन्त्रालयको ऊर्जा शाखाका इ जीवन श्रेष्ठले बताए । उनका अनुसार प्रदेशमा झण्डै चार सय लघु जलविद्युत् आयोजना छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत तीन सय ७१ र बाँकी अरु संस्थाले निर्माण गरेका आयोजना छन् । सौर्य ऊर्जा र लघु जलविद्युत्बाट प्रदेशको तीन दशमलव ८२ प्रतिशत जनसङ्ख्यामा बिजुली पुगेको छ ।
प्रदेश सरकारले आफ्नै लगानीमा मनाङको नासो गाउँपालिकामा ३० किलोवाटको भीमताङ लघु जलविद्युत् आयोजना निर्माण गरिरहेको इ श्रेष्ठले जानकारी दिए। ९८ किलोवाटको स्याङ्जाको पुतपुते खोला लघु जलविद्युत् आयोजनाको बिजुली पनि गत वर्ष राष्ट्रिय प्रसारण लाइनमा जोडिएको मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय प्रसारण लाइन विस्तार भएपछि बागलुङलगायत जिल्लाका केही लघु जलविद्युत् आयोजना बन्द भएका छन् । केही मर्मतसम्भारको पर्खाइमा छन् । ती आयोजनाको बिजुलीलाई मिनिग्रिड बनाएर राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना पनि अलपत्र परेको छ । राष्ट्रिय प्रसारण लाइन र नवीकरणकीय ऊर्जामार्फत गरी प्रदेशका ९९ दशमलव ५० प्रतिशत घरधुरीमा बिजुलीको पहुँच पुगेको इ श्रेष्ठले बताए ।
प्रदेश सरकारले चालु आवभित्रैमा ‘उज्यालो गण्डकी प्रदेश’ घोषणाको तयारी अघि बढाएको छ । बाँकी रहेका शून्य दशमलव पाँच प्रतिशत घरधुरीमा बिजुली पु¥याउने कार्य भइरहेको जनाइएको छ । पछिल्लो आर्थिक सर्वेक्षण अनुसार दुई हजार आठ सय ८४ घरधुरीमा मात्र विद्युत् नपुगेको देखिएको इ श्रेष्ठले बताए ।
बागलुङ, तनहुँ र नवलपुरका केही ठाउँमा विद्युत् सेवा पु¥याउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । ऊर्जा शाखाका अनुसार पाँच लाख ७४ हजार सात सय ९८ घरधुरी विद्युत् सेवाको पहुँचमा छन् । जसमध्ये राष्ट्रिय प्रसारण लाइनको योगदान ९५ दशमलव ६८ प्रतिशत छ भने बाँकी लघु जलविद्युत्, नवीकरणीय ऊर्जा आदिको छ ।
राष्ट्रिय प्रसारण लाइनमा नजोडिएका मुस्ताङ, मनाङ, म्याग्दी र गोरखाका सात स्थानीय तहका एक हजार दुई सय पाँच घरधुरीमा प्रदेश सरकारको ७५ प्रतिशत अनुदानमा घरेलु सौर्य ऊर्जा जडान गरिएको मन्त्रालयले जनाएको छ । संस्थागत सौर्य ऊर्जा जडान कार्यक्रमबाट विभिन्न जिल्लामा गरी कूल एक सय ६२ किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरिएको छ ।
















खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
रुसी पूर्वमन्त्री पोपोभलाई १९ वर्ष जेल सजाय
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया