पानीको बहाव बढेपछि वनबासा पुलमा चारपाङ्ग्रे सवारीमा रोक

महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव बढेपछि वनबासा पुल (शारदा ब्यारेज)मा चारपाङ्ग्रे सवारीसाधनलाई रोक लगाइएको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार महाकाली नदीमा पानीको बहाव एक लाख ९५ हजार क्युसेक पुगेको छ ।
भारतीय पक्षले पुल जीर्ण भइसकेकाले नदीमा एक लाख क्युसेकभन्दा बढी पानी भएपछि ठूला सवारी साधनलाई रोक लगाएको हो । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायव निरीक्षक देवसिंह बडालले आज बिहानैबाट पुलमा आवागमनमा रोक लगाइएको जानकारी दिए ।
“बिहान पानीको सतह बढेर दुई लाख २४ हजार क्युसेक पुगेको थियो”, उहाँले भने, “अहिले पैदलयात्रु र दुई पाङ्ग्रेसवारीसाधन चल्न दिइए पनि ठूला सवारी साधनमा रोक लगाइएको छ ।” सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षा हुँदा महाकालीमा पानीको बहाव बढ्नेगर्छ । महाकालीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरिएको छ ।


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
इरानी प्रतिनिधिलाई सैन्य पोशाकमा र अमेरिकीलाई सुटमा स्वागत गरे पाकिस्तानी सेना प्रमुखले
प्रतिक्रिया