पानीको बहाव बढेपछि वनबासा पुलमा चारपाङ्ग्रे सवारीमा रोक

महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव बढेपछि वनबासा पुल (शारदा ब्यारेज)मा चारपाङ्ग्रे सवारीसाधनलाई रोक लगाइएको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार महाकाली नदीमा पानीको बहाव एक लाख ९५ हजार क्युसेक पुगेको छ ।
भारतीय पक्षले पुल जीर्ण भइसकेकाले नदीमा एक लाख क्युसेकभन्दा बढी पानी भएपछि ठूला सवारी साधनलाई रोक लगाएको हो । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायव निरीक्षक देवसिंह बडालले आज बिहानैबाट पुलमा आवागमनमा रोक लगाइएको जानकारी दिए ।
“बिहान पानीको सतह बढेर दुई लाख २४ हजार क्युसेक पुगेको थियो”, उहाँले भने, “अहिले पैदलयात्रु र दुई पाङ्ग्रेसवारीसाधन चल्न दिइए पनि ठूला सवारी साधनमा रोक लगाइएको छ ।” सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षा हुँदा महाकालीमा पानीको बहाव बढ्नेगर्छ । महाकालीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरिएको छ ।










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
प्रतिक्रिया