गौर हत्याकाण्डको छानबिन नगर्ने गठबन्धनको निर्णयप्रति पीडित संघर्ष समितिकाे आपत्ति
मेरोन्यूज
२०८० साउन ३० गते ९:०४

काठमाडौं । सत्तारुढ गठबन्धनले गौर हत्याकाण्डको छानबिन नगर्ने निर्णय गरेपछि पीडित संघर्ष समितिले आपत्ति जनाएको छ ।
मंगलबार एक विज्ञप्ती जारी गर्दै पीडित संघर्ष समितिले गत साउन २३ गते सरकारसँग हत्याकाण्डको छानबिन गर्ने सहमती भएको मसी समेत सुक्न नपाउँदै अपराधीहरुलाई जोगाउन गठबन्धनले अवैध निर्णय गरेको भन्दै आपत्ति जनाएको हो ।
समितिले सहमती अनुसार सरकारले आफ्ना माग पुरा नगरे कडा भन्दा कडा जनसंर्घषका कार्यक्रम गर्न बाध्य हुने जनाएको छ ।
सत्तारुढ दलहरुका शीर्ष नेताको सोमबार बालुवाटारमा बसेको बैठकले गौर हत्याकाण्डका विषयमा मारिएका व्यक्तिका परिवारले क्षतिपूर्ति पाइसकेको र मारिनेहरु सहिद घोषणा भइसकेकाले थप यसमा केही बाँकी नरहेको निष्कर्ष निकालेको थियो ।

सम्बन्धित
















झापामा ‘सिरिन्ज’ आक्रमणबाट एक जनाको मृत्यु
आज महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवस
कालीमाटी तरकारी बजार विकास समितिले आजका लागि ताेकेकाे कृषिउपजको मूल्य
बैतडी बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो, ३४ घाइते
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
प्रतिक्रिया