माओवादीका जिल्ला इन्चार्जको पद ‘निलम्बित’ !
संघीय सांसदलाई काठमाडौंका वडाहरुमा केन्द्रीत गर्ने, जिल्ला इन्चार्जहरुको पद अभियान अवधीभर निलम्बित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीका जिल्ला इन्चार्जहरुको पद तीन महिनासम्म ‘स्थगित’ गर्ने निर्णय गरेको छ । पार्टीको तीन महिने अभियानसम्म भूगोलका ७७ र गैह- भूौगोलिक जिल्लाका ६ गरी ८३ वटै जिल्लाका जिल्ला इन्चार्जहरुको पद हाललाई स्थगित गर्ने निर्णय माओवादी केन्द्रले गरेको हो ।
‘पार्टीको तीन महिने अयिभान अवधीभर कुनै पनि जिल्लामा पार्टीका जिल्ला इन्चार्ज रहँदैनन्,’ माओवादी केन्द्रका एक पदाधिकारीले मेरोन्यूजसँग भने,–‘जिल्ला इन्चार्ज रहेका नेताहरुलाई अन्तर जिल्लाका स्थानीय तह केन्द्रीत गरेर कार्यविभाजन गरि अभियानमा पठाइनेछ ।’
माओवादीका केन्द्रीय सदस्यहरुलाई यस अगाडी जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको थियो । ‘अहिले अभियान अबधीभरका लागि जिल्ला इन्चार्ज रहँदैनन्, अभियान सकेपछि पछि के गर्ने त्यही बेला थप छलफल र निर्णय हुनेछ,’ ती पदाधिकारीले भने ।
माओवादी केन्द्रले आगामी भदौं १६ देखि मंसिर १५ सम्ममा ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन गर्न लागेको हो । वडास्तरीय संगठन विस्तार अभियानलाई केन्द्रबिन्दु बनाएर सम्पूर्ण पार्टी पंक्तिलाई जनताको घरदैलोमा पुरयाउने उदेश्यका साथ माओवादीले तीन महिने अभियान सञ्चालन गर्न लागेको छ ।
त्यसैको तयारी बैठकहरु अहिले उसले गरिरहेको छ ।
नेताहरुकोकार्यविभाजन प्रदेश कमिटिको बैठक राखेर माओवादीले गरिरहेको छ । ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ नाराका साथ उसले आगामी भदौं १६ मा देशैभरका सबै वडाहरुमा एकैपटक अभियानको उद्घाटन गरेर अभियान सञ्चालन गदैछ ।
अभियानका क्रममा उसले तीन चरणको कार्यक्रम बनाएको छ । २५ लाख जनता र मतदातामा अभियानका क्रममा पुग्ने गरी तीन चरणमा अभियान सम्पन्न गर्ने गरी उसले कार्ययोजना बनाएर पार्टी पंक्तिलाई आन्तरिक सर्कुलर गरेको छ । पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण तथा विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र तयार गर्ने माओवादीले जनाएको छ ।
दोस्रो चरणमा पाँच घण्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोल टोलमा युवाभेला, स्थानीय स्तरका सरकारी तथा सामाजिक संघ संस्थाहरुसँग अन्तरक्रिया गर्ने गरी कार्यक्रम छ ।
तेस्रो चरणमा भने जनप्रदर्शन, जनसंघर्ष, जनसेवासहित जनपरिचालनका कार्यक्रम गर्ने र त्यसमार्फत सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा जनसमर्थन र एक्यवद्धताका कार्यक्रम गर्ने माओवादी केन्द्रले जनाएको छ । अभिायनका क्रममा ८ लाख पार्टी सदस्य सुनिश्चित गर्ने लक्ष्य पनि माओवादीले बनाएको छ ।
बागमति प्रदेशका केन्द्रीय सदस्य र पदाधिकारी तथा सदस्यहरुको कार्यविभाजन माओवादीले सोमबार गरेको छ । जसअनुसार संघीय सांसदहरुलाई काठमाडौं केन्द्रीत जिम्मेवारीमा राखिएको छ । संघीय सांसदलाई काठमाडौं महानगरपालिकाका तीन वटा वडा केन्द्रीत गरेर जिम्मेवारी तय गरिएको छ ।
‘संघीय संसदको जिम्मेवारीमा रहेका बेला आवश्यक पर्दा संसदमा पनि पुग्नेर पार्टीको अभियानमा पन िजोडिन सजिलो हुनेगरी काठमडौंमा नै जिम्मेवारी तय गरिएको छ,’ माओवादीका नेताहरुले भने ।















बाँकेमा अनुहार नयाँ, दलका एजेण्डा भने पुरानै
NAAMP and Connect Kisan Sign MoU to provide digital agricultural advisory to farmers
आचारसंहिता उल्लंघन गर्ने ५१ दल तथा उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण
नेपाल-कतार संयुक्त व्यवसाय परिषद्को बैठक सम्पन्न, द्विपक्षीय लगानी र व्यापार विस्तारमा सहकार्य गर्ने प्रतिबद्धता
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
प्रतिक्रिया