शनिबार, चैत २८, २०८२

नेप्से ३१.८० अंकले घटेर २०४५.४४ विन्दुमा झर्‍यो

मेरोन्यूज २०८० साउन ३० गते १५:५२

काठमाडौँ । मंगलबार नेप्से सूचक ३१.८० अंकले घटेर २०४५.४४ विन्दुमा झरेको छ। २२०० माथि पुगेर घट्न थालेको नेप्से सूचक पछिल्लो केहि दिन सकारात्मक हुन खोजेको थियो । तर, त्यो टिकाउ भएन ।

Advertisement
nepal life insurencenepal life insurence

आज २ अर्ब १५ करोड ७३ लाख १२ हजार ३६९ रुपैयाँ बराबरको ५६ लाख ३ हजार १७९ कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको सूचक नकारात्मक देखिएको छ भने म्युचुअल फण्ड उपसमूहको सूचक सकारात्मक देखिएको छ। उत्पादन तथा प्रशोधन उपसमूहको सूचक सबैभन्दा धेरै ४.२६ प्रतिशतले घटेको छ।

नेप्सेको यो गिरावटले सूचीकृत कम्पनीहरुले धमाधम गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरिरहँदा त्यसले लगानीकर्ताको मनोबल उकास्न नसकेको देखिएको छ।

केहि बीमा कम्पनीहरुले आकर्षक प्रगति गरेको वित्तीय विवरण प्रकाशनमा ल्याएको भए पनि अन्य कम्पनीहरुको वित्तीय विवरण नकारात्मक आएपछि नेप्सेमा त्यसको रंग देखिएको छ । अधिकाँश हाइड्रोपावरको वित्तीय विवरण नकारात्मक देखिएको छ।

उत्पादनमूलक तथा व्यापार कम्पनीको पनि प्रगति खस्किएको छ। यसले पनि शेयर बजारमा नकारात्मक प्रभाव पारेको देखिन्छ।

आज इमर्जीङ नेपालको शेयरमूल्य सबैभन्दा धेरै ५.१८ प्रतिशतले बढेको छ भने सिक्लेस हाइड्रोपावरको ३.८५ प्रतिशत र सामुदायीक लघुवित्तको १.९९ प्रतिशतले घटेको छ।

यता नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको हिमालयन डिस्टिलरीको शेयरमुल्य सबैभन्दा धेरै ७.६९ प्रतिशतले घटेको छ भने थ्रि स्टार हाइड्रोको ६.९४ प्रतिशत र मोलुङ खोला हाइड्रोको ६.२५ प्रतिशतले घटेको छ।

प्रतिक्रिया