कक्षा १२ मा ५१ प्रतिशत विद्यार्थी पास

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डलेलिएको यस वर्षको कक्षा १२ को परीक्षामा ५१.९१ प्रतिशत विद्यार्थी पास भएका छन् ।
बोर्डले आज सार्वजनिक गरेको नतिजामा ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उतीर्ण) भए । ४९.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड भएको उल्लेख छ ।
गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरिएको हो । नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
अहिलेको नतिजा गत वर्षमा भन्दा ३ प्रतिशतले सुधार भएको बोर्डले बताएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले ३५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई नन ग्रेडेडमा राख्दै आएको छ । उनीहरुले माथिल्लो तह अध्ययन गर्न पुनः ग्रेडवृद्धिको परीक्षा दिनुपर्छ ।
बोर्डले ५१ जना परिक्षार्थीको परीक्षा रद्द भएको जनाएको छ ।
कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ।
बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटमा गएर हेर्न सकिन्छ।
त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ। त्यसका लागि लभद लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ।










प्रोटोन ईमासले काठमाडौँ र चितवनमा विशेष एक्सचेन्ज अफर
बल्खुमा ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
यू–१९ एसिया कप : नेपालले अफगानिस्तानलाई दियो १२५ रनको लक्ष्य
काठमाडौँ-७ बाट कांग्रेसका १९ उम्मेदवार सिफारिस
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया