दोलखाका तत्कालीन प्रजिअ रिजाल भ्रष्टाचारका पाँच मुद्दामा दोषी ठहर

काठमाडौँ । दोलखाका तत्कालीन प्रमुख खगेन्द्रप्रसाद रिजाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
मंगलबार विशेष अदालतका न्यायाधीशत्रय यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले रिजाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकसाथ दायर गरेका पाँच मुद्दामा दोषी ठहर गरेको हो ।
रिजालले दोलखामा प्रजिअ हुँदा घुस लिएर भ्रष्टाचार गरेको प्रमाण भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २० गते पाँचवटा मुद्दा चलाएको थियो। ती सबै मुद्दामा उनी दोषी ठहर भएको फैसला विशेष अदालतले सुनाएको हो।
रिजाललाई एउटा मुद्दामा एक वर्ष कैद र ४ लाख रुपैयाँ जरिवाना तोक्दै त्यति नै रकम बिगो असुलउपर गर्न पनि फैसला भएको छ।
अदालतले तोकेको बिगोमा दुई लाख रुपैयाँ उनको बैंक खाताबाट जफत गर्ने फैसला पनि इजलासले गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले हेर्ने मुद्दाका प्रतिवादीलाई धरौटीमा रिहा गर्नका लागि रिजालले चार लाख रुपैयाँ घुस लिएका थिए।
अख्तियारको अनुसन्धानबाट रिजालले अर्को मुद्दामा सजायको त्रास देखाएर ३५ हजार रुपैयाँ घुस प्रमाण खुलेको थियो। यो मुद्दामा अदालतले ३५।३५ हजार रुपैयाँ जरिवाना र बिगो भराउने र तीन महिना कैद सजाय हुने फैसला भएको छ।
दोलखामै हुँदाको तेस्रो मुद्दामा उनले ९०।९० हजार रुपैयाँ बिगो र जरिवाना तथा ५ महिना कैद चौथो मुद्दामा ४०।४० हजार रुपैयाँ बिगो र जरिवाना तथा एक महिना कैद भोग्नुपर्ने फैसला भएको छ।
भ्रष्टाचारको पाँचौँ मुद्दामा पाँच महिना कैद र ७७ हजार ६ सय जरिवाना तथा त्यति नै बिगो तिर्नु पर्ने भएको छ ।
घुससहित पक्राउ परेका रिजालविरुद्ध अख्तियारले माघ २०, २०७६ मा ६ लाख ५२ हजार ६ सय कायम गरी पाँचवटा आरोप पत्र दायर गरिएको थियो।
सेवाग्राहीसँग घुस लिएको आरोप लागेका रिजाललाई २०७६ मंसिर २४ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो।










५ अंकले बढ्यो नेप्से, काराेबार रकम पनि वृद्धि
प्रोटोन ईमासले काठमाडौँ र चितवनमा विशेष एक्सचेन्ज अफर
बल्खुमा ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
यू–१९ एसिया कप : नेपालले अफगानिस्तानलाई दियो १२५ रनको लक्ष्य
काठमाडौँ-७ बाट कांग्रेसका १९ उम्मेदवार सिफारिस
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया