सरकारले चाँडै विश्वासको मत लिन्छ : मुख्यमन्त्री थापा

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गठबन्धन दलहरुबीच सहमति कायम गरी चाँडै वर्तमान सरकारले विश्वासको मत लिने बताएका छन् ।
उनले उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री गयानन्द मण्डल गनगार्इंको शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै भदौ १ गतेदेखि प्रदेश सभाको बैठक सुरु हुँदा उपयुक्त समयमा वर्तमान सरकारले विश्वास मत लिने प्रष्ट पारे ।
मुख्य मन्त्री थापाले विश्वासको मतपछि गठबन्धन दलहरुबाट थप मन्त्री नियुक्त गरिने जानकारी दिनाका साथै विगतको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट सदनमा रोकिएमा प्रतिपक्षसँग सहमति कायम गरी पास गराउने बताए । उनले यसैगरी प्रदेश निजामती ऐनलाई यसै सदनबाट पास गर्ने पनि उल्लेख गरे ।
पहिचानवादीसँग वार्ताका लागि सरकारले चाँडै वार्ता टोली गठन गरी संवाद प्रारम्भ गरिने जानकारी दिँदै मुख्यमन्त्री थापाले वार्ताकै माध्यमबाट निस्केको निष्कर्षको परिणामलाई सार्थक बनाइने प्रष्ट पारे।

















यातायातको चाप घटेसंगै उपत्यकाको वायु प्रदूषणमा कमी
पाल्पामा निर्वाचन प्रहरीद्वारा रक्तदान
जनकपुरमा कांग्रेसको प्रतिज्ञा सभा सुरु
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
भक्तजन र प्रहरीमाथि अभद्र व्यवसार गर्ने युवक पक्राउ
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
यस्तो छ उज्यालो नेपाल पार्टीको चुनावी घोषणा पत्र
नाइजेरियामा बस–ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ७ जना घाइते
प्रतिक्रिया