बिनास्वीकृति विज्ञानपन गर्ने दुई मेनपावर कारबाहीमा

काठमाडौँ । वैदेशिक रोजगार विभागले स्वीकृति नलिइ सामाजिक सञ्जालमा विज्ञापन गर्ने दुई मेनपावर कम्पनीलाई कारबाही गरेको छ । सामाजिक सञ्जालमार्फत नेपाली नागरिकलाई वैदेशिक रोजगारीमा पठाइदिने भनी विज्ञापन गर्दै राहदानी संकलन गरेको भेटिएपछि विभागले क्यापिटल रिक्रुरमेन्ट सर्भिस प्रालि र इगल मेनवापर कन्सल्ट्यान्ट प्रालिलाई आज रु दुई लाख जरिवाना गरेको हो ।
वैदेशिक रोजगारसँग सम्बन्धित विज्ञापन सामाजिक सञ्जाल (फेसबुक, टिकटक)मा प्रकाशन गरी सर्वसाधारणमा भ्रम सिर्जना गर्ने सुयान एजुकेशन प्रालि र एलाइट टु वर्क ह्युमन रिसोर्सेस हस्पिटालिटी एण्ड ट्रेनिङ सेन्टरको स्थलगत अनुगमन गरी अनुसन्धान भइरहेको विभागका निर्देशक कविराज उप्रेतीले जानकारी दिए ।
विभागले वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई सामाजिक सञ्जालमा प्रसारण हुने भ्रमपूर्ण विज्ञापनमा विश्वास नगर्न अनुरोधसमेत गरेको छ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत वैदेशिक रोजगारीको आकर्षक विज्ञापन गरी नागरिक ठगिनेक्रम बढेको विभागको भनाइ छ । विभागले कानुनविपरीत हुनेगरी सामाजिक सञ्जालमा सूचना सम्प्रेषण नगर्नसमेत ध्यानाकर्षण गराएको छ ।











निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट
रवि लामिछानेलाई दमौलीमा देखाइयो कालो झण्डा, सात जना पक्राउ
सरकारले निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउँछः गृहमन्त्री अर्याल
राष्ट्रसंघकी आवासीय संयोजक याहियासँग महासङ्घका अध्यक्ष ढकालको भेटवार्ता
आज २०८२ साल फागुन १३ गते बुधबारको राशिफल
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
प्रतिक्रिया