कोशीमा उपसभामुखले पनि देलिन् राजीनामा ?
उपसभामुख, एमाले दलका नेतालगायत प्रदेश सांसद संविधानविद्सँग परामर्श लिन काठमाडौंमा

काठमाडौं । कोशी प्रदेशमा सत्ता राजनीतिको फन्डाले ब्यवस्थापिका संसदको सभामुख फालाफाल छ । तलमाथी केही नभए अघिपछि भए ढुक्कैले ५ वर्ष पद जोगिने र ब्यवस्थापिकामा सभामुखको निर्णायक भूमिका रहने भएकोले पनि उक्त पद दलहरुका लागि आकर्षक नै थियो ।
तर कोशीमा भने त्यहाँको सत्ता समिकरणमा निर्माण भएको जठिल अंकगणितले सभामखु पद न सत्तापक्ष, न प्रतिपक्ष कसैलाई पनि चाहिएको छैन । सभामुख पद त्यागेर सत्ता राजनीतिकै लागि बाबुराम गौतमले प्रदेशको मन्त्री स्वीकारेपछि अहिले कोशीमा सभामुख पद रिक्त छ ।
उपसभामुखमा सिर्जना दनुवार छिन् । उनी प्रदेश सभामा एमालेबाट समानुपातिकतर्फ निर्वाचित सांसद हुन् । तर एमालेले पनि सत्तागठबन्धनले जस्तै सत्ता राजनीतिको केन्द्र बनाउन खोज्दा उनको पद पनि जोखिममा छ । भलै, उनले प्रदेश सभाको सभामुख नरहेको अवस्थामा आफुमाथी आईपरेको जिम्मेवारी सहज बहन गरेर सभामुखको पन िभूमिका निर्वाह गर्ने बताएकी छिन् । तर उनलाई पनि माओवादी केन्द्रले बाबुराम गौतमलाई सभामुखबाट राजीनामा गराएझै एमालेले राजीनामा गराउने चर्चा छ ।
उपसभामुख दनुवारलाई राजीनामा गराउने या के गर्ने भन्ने विषयमा कोशीमा होइन, काठमाडौंमा छलफल केन्द्रीत छ । त्यसका लागि एमालेका शीर्ष नेताहरु, कोशीका एमाले दलका नेताहरु र एमाले निकट कानुन ब्यवसायीहरुको अहिले काठमाडौंमा बाक्लो छलफल चलेको छ ।
उपसभामुख दनुवारले सोमबार सार्वजनिक सूचना जारी गरी भदौ १ गते दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाएकी छन् । बिहीबार (आज) दिउँसो २ बजेका लागि कार्य व्यवस्था परामर्श समितिको बैठकसमेत उनले बोलाएकी छिन् । तर भोलिका लागि बोलाइएको प्रदेश सभा बैठक र उपसभामुखको राजीनामा लगायतका विषयमा छलफल गर्न एमाले संसदीय दलका नेता हिक्मतवहादुर कार्की यतिवेला काठमाडौंमा छन् । भदौ १ अगाडि नै दनुवारलाई पदबाट राजीनामा गराउने वा नगराउने विषयमा उपसभामुख, दलका नेता कार्कीलगायत प्रदेश सांसद संविधानविद्सँग परामर्श लिन काठमाडौंमा छन् ।
यसले उपसभामुख दनुवारको पद पनि जोखिममा छ ।
सभामखु सत्ता या प्रतिपक्ष कसैले पनि लिनै नचाहने र बाहालवाला उपसभामुखलाई पनि राजीनामा गराउने वा के गर्ने भन्ने यी सबै विषय त्यहाँको सत्ता राजनीतिको तमासा बनिरहेको छ । कोशी प्रदेश सभामा आगामी भदौं १३ भित्र मुख्यमन्त्री उद्धब थापाले प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । तर उनीसँग अहिले प्रष्ठ बहुमत ४७ सांसदको साथ भएपनि प्रदेश सभा बैठक सञ्चालनका लागि उपसभामुख अनुपस्थित भईदिए वा उनले राजीनामा दिए उनका लागि जोखिम छ ।
९३ सदस्यीय प्रदेशसभामा सत्तारूढ गठबन्धन दल कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका एक गरी ४७ तथा प्रमुख प्रतिपक्षी एमालेका उपसभामुखसहित ४० र प्रतिपक्षी राप्रपाका ६ सांसद छन् । प्रदेशसभामा विश्वासको मत लिन र बजेटको प्रतिस्थापन विधेयक पारित गराउन ४७ सदस्यको समर्थन आवश्यक छ । सत्तारूढ गठबन्धन दलसँग बहुमत ४७ सदस्य छन् तर त्यो बहुमत उपसभामुख सिर्जना दनुवारले प्रदेशसभा बैठकको अध्यक्षता गरिदिने अवस्थामा मात्रै कायम रहने जटिल परिस्थिति छ ।
जसकाकारण पनि उपसभामुखले के गलिन् ? अहिले सबैको नजर उनको कमदप्रति छ ।
उपसभामुख आफ्नो भूमिकाबाट भागेर अनुपस्थित भए यसअघि प्रदेशसभाले गठन गरेको ४ सदस्यीय अध्यक्ष मण्डलका सदस्यमध्येबाट वर्णानुक्रम वा ज्येष्ठताका आधारमा एक जनाले प्रदेशसभाको अध्यक्षता गर्नुपर्ने हुन्छ । अध्यक्ष मण्डलमा कांग्रेसका प्रदेश सांसद इस्राइल मन्सुरी, माओवादीकी गीता तिम्सिना, राप्रपाका अम्बरबहादुर बिष्ट र एमालेकी मालतीकुमारी लिम्बू छन् । तर विपक्षी गठबन्धनमा रहेका एमाले र राप्रपाका ती सांसद पनि अनुपस्थित भईदिए कांग्रेस या माओवादीकै सांसदले बैठकको अध्यक्षता गर्नुपर्ने बाध्यात्मक अवस्था छ ।
त्यस्तो बेला पनि सरकार टिकाउनका लागि आवश्यक पर्ने ४७ सांसद मुख्यमन्त्री कार्कीको पक्षमा हुँदैन । तर सत्तापक्षले उपसभामुखले राजीनामा नदिने, तर जिम्मेवारीबाट भागेर मुख्यमन्त्रीले विश्वासको मत लिनेबेला अनुपस्थित भईदिए बैठकको अध्यक्षता गर्ने सत्तापक्षकै सांसदले पनि मत हालेर ४७ मत पुराउने दाउमा सत्तापक्ष छ ।
यस्तो बेला कानुनी प्रश्न उठेपनि उपसभामुखले पनि जिम्मेवारी बहन नगरेको प्रश्न उठाएर अदालतले आफु नेतृत्वको सरकारलाई नै बैद्यता दिने बुझाईमा सत्ता पक्षका नेताहरु देखिन्छन् । यो जटिल परिस्थिती देखेपछि नै विपक्षी गठबन्धनका प्रदेश दलका नेता तथा संसदहरु काठमाडौंमा परामर्शका लागि आएका हुन् ।
उनीहरुले त्यस्तो अवस्थामा उपसभामुखलाई पहिले नै राजीनामा गराउन सक्ने सम्भाबना रहेको एमालेका एक प्रदेश सभा सांसदले बताए ।
तर उपसभामुखले भने आफुले राजीनामा नदिने बताईरहेकी छिन् । तर एमालेबाट निर्वाचित भएकीले उनलाई पार्टीले प्रेसर गरेर भएपनि राजीनामा दिन लगाउने र उनले सहज राजीनामा दिने बुझाई कोशीमा छ । जसकाकारण उपसभामुख सिर्जना दनुवारले के गर्लिन् अहिले सबैको नजर उनको कमदतिरै छ ।

शितल शर्मा
मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।









लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ : ओली
सुनसरी–१ मा कांग्रेसबाट उम्मेदवारका लागि ८ जनाको नाम सिफारिस
एमाले कमजाेर भएकाे छैन, झनै शक्तिशाली बनेको छ : शंकर पोखरेल
अध्यक्ष ओलीले गरे एमालेको ११ औँ महाधिवेशनको उद्घाटन (तस्बिरहरू)
यु–१९ एसिया कप : नेपालले श्रीलंकालाई दियो ८३ रनको लक्ष्य
लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै काठमाडौँ
लुम्बिनी दोस्रो क्वालिफायरमा, काठमाण्डु बाहिरियो
अछाममा प्रथम जीबी मेमोरियल स्कुल क्रिकेट प्रिमियर लिग सुरु
काठमाण्डुले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य
सरकार र जेनजीबिच दश बुँदे सम्झौता ( बुँदासहित )
प्रतिक्रिया