रास्वपाले माग्यो अनुशासन आयोगका पदाधिकारीमा खुल्ला आवेदन
पार्टी सदस्यता मध्येबाट आवेदन माग गरी पदपूर्ति गरिने, पदाधिकारीहरू कम्तीमा स्नातक उत्तीर्ण भएको हुनुपर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जिल्ला तहसम्मै अनुशासन आयोग बनाउने भएको छ । उसले ७ वटै प्रदेशमा रहने अनुशासन आयोगका पदाधिकारी र सदस्यहरू खुल्ला आबेदनमार्फत माग गरेको हो । रास्वपाको नियमावलीअनुसार प्रदेश अनुशासन आयोग ५ सदस्यीय हुने छ।
जसमा प्रदेश प्रमुख, उपप्रमुख, सचिव र २ जना सदस्य हुने व्यवस्था छ। पदाधिकारीहरू कम्तीमा स्नातक उत उत्तीर्ण भएको हुनुपर्ने र प्रत्येक प्रदेशमा एक जना महिला र एकजना कानुनमा स्नातक गरेको हुनुपर्ने प्रावधान राखिएको छ।
तर त्यसरी आवेदन दिँदा रास्वपाको सदस्य भएको भने हुनुपर्नेछ । पार्टी सदस्यता लिएकामध्येबाट खुला आवेदन माग गरी पदपूर्ति गर्न लागिएको उसले सूचना जारी गरेर भनेको छ ।
‘पार्टीका सदस्य एवं पदाधिकारीहरूलाई असल, आचरणयोग्य बनाउन साथै अनुशासन र आचरण उल्लङ्घन गरेको अवस्थामा अनुसन्धान गर्ने, प्रमाण संकलन गर्ने र सजाय गर्न पार्टी विधान २०७९ को धारा ५५ (५) च को अधिनमा रही केन्द्रीय अनुशासन आयोग नियमावली, २०८० जारी भएको हुँदा उक्त नियमावलीको अधिनमा रही यस पार्टीको सदस्य लिएकाबाट पदपूर्ति गरिने छ,’ रास्वपाको सूचनामा भनिएको छ।
पार्टीको विधान, सिद्धान्त, दर्शन, प्रतिवद्धता र उद्देश्य बमोजिमका कार्यहरूमा हुनसक्ने अवरोध, विसंगति तथा आर्थिक अनियमितता निर्मुल पार्न तथा पार्टी सदस्य र विभिन्न तहगत संरचनामा रहेका पदाधिकारीहरूलाई अनुशासित, मर्यादित बनाउन भन्दै ७ वटै प्रदेश र जिल्ला समितिमासमेत अनुशासन आयोग बनाउन लागिएको रास्वपाले जनाएको छ ।
जिल्ला अनुशासन समिति ३ सदस्यीय हुने छ। जसमा एकजना प्रमुख र दुई जना सदस्य रहने व्यवस्था गरिएको छ। प्रमुखको हकमा स्नातक गरेको हुनुपर्ने र सदस्यमध्ये एकजना कानुनको क्षेत्रमा अध्ययन र अनुभव भएको महिलालाई प्राथमिकता दिनुपर्ने उसले बताएको छ।
आयोगमा बस्न चाहने व्यक्तिको उच्च नैतिक चरित्र र असल सामाजिक आचरण भएको हुनुपर्ने पनि रास्वपाले बताएको छ।
हेर्नुहोस सूचना


















यातायातको चाप घटेसंगै उपत्यकाको वायु प्रदूषणमा कमी
पाल्पामा निर्वाचन प्रहरीद्वारा रक्तदान
जनकपुरमा कांग्रेसको प्रतिज्ञा सभा सुरु
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
भक्तजन र प्रहरीमाथि अभद्र व्यवसार गर्ने युवक पक्राउ
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
यस्तो छ उज्यालो नेपाल पार्टीको चुनावी घोषणा पत्र
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
प्रतिक्रिया