नक्कली सर्टिफिकेट पेस गरेर बढुवा हुन खोज्ने सिटिजन्स बैंकका सात कर्मचारी पक्राउ

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र (सर्टिफिकेट) पेस गरेर बढुवा हुन खोज्ने सिटिजन्स बैंकका ७ कर्मचारी पक्राउ परेका छन्। ६ जना केहि दिन अघि पक्राउ परेकोमा आज थप एक जना पक्राउ गरेका हुन् ।
प्रहरीले आज बैंकका कर्मचारी दलबहादुर पुनलाई पक्राउ गरेको हो। यसअघि प्रहरीले सिटिजन्स बैंकको बुटलवस्थित ड्राइभर चोक ब्रान्चमा कार्यरत मनिशा मास्के, मनिग्राम ब्रान्चमा कार्यरत गोमा ज्ञवाली, कालिकानगर ब्रान्चमा कार्यरत कल्पना खत्री, सोही ब्रान्चमा कार्यरत प्रतिक्षा रेग्मी, बुटवल ब्रान्चमा कार्यरत खिमानन्द गौतम र दीपक बिष्टलाई पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार पक्राउ परेका सबैले प्रविणतापत्र तह पास गरेर सहायक स्तरमा बैंकका प्रवेश गरेका थिए। अधिकृत स्तरको तहमा बढुवा हुनका लागि उनीहरुले पेस गरेको स्नातक तहको प्रमाणपत्र नक्कली भएको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धानले उनीहरु कोहीले भारतको दिल्ली तथा हिमाचल लगायतका प्रदेशका विश्वविद्यायको नाममा नक्कली शैक्षिक प्रमाणपत्र बनाएको देखाएको छ।
भारतमा अध्यन गरेको प्रमाणपत्र नेपालमा त्रिभुवन विश्वविद्यालयले इक्यूभ्यालेन्ट गरेपछि मात्र वैधानिक मानिन्छ। तर उनीहरुले उक्त इक्यूभ्यालेन्टसमेत नक्कली बनाएको पाइएको छ। अधिकृत स्तरको तहमा बढुवाका लागि उनीहरुले पेस गरेको प्रमाणपत्रमा शंका लागेपछि बैंकले त्रिभुवन विश्वविद्यालयमा पुष्टिका लागि पठाएको थियो।
त्रिभुवन विश्वविद्यालयले जाँच गर्दा प्रमाणपत्र र इक्यूभ्यालेन्टसमेत नक्कली बनाएको पाएपछि बैंकलाई जानकारी गराएको थियो। त्यसपछि बैंकले छानबिनका लागि प्रहरीलाई पत्राचार गरेको थियो।
यही प्रकरणमा प्रहरीले तीन जना अन्य कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
















सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै
झापामा ‘सिरिन्ज’ आक्रमणबाट एक जनाको मृत्यु
आज महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवस
कालीमाटी तरकारी बजार विकास समितिले आजका लागि ताेकेकाे कृषिउपजको मूल्य
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
प्रतिक्रिया