सरकारले भन्यो : लम्पीस्किन रोगबाट मरेका पशुको क्षतिपूर्ति दिन सकिदैन

काठमाडौं । सरकारले लम्पीस्किन रोगबाट मरेका पशुहरुको क्षतिपूर्ति दिन नसक्ने बताएको छ ।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले लम्पीस्किनबाट मृत्यु भएका पशुहरुको क्षतिपूर्ति दिन नसक्ने बर्ताका हुन् ।
क्षतिपूर्ति दिन नसके पनि सरकारको तर्फबाट किसानहरुलाई राहत दिने गरी कार्यविधि बनिरहेको मन्त्री डा. भुसालले बताए ।
‘किसानहरुलाई ठूलो क्षति भयो । क्षतिपूर्ति नै त गर्न सक्दैनौं होला । अरु अरु सन्दर्भमा पनि क्षतिपुूर्ति नै भनेर गर्न सकेका छैनौँ । राहत कमसेकम सरकारको तर्फबाट दिनुपर्छ भन्ने हिसावले प्रधानमन्त्री ज्युकै उपस्थितिमा बैठक बसेर आधार, मापदण्ड र कार्यविधि लगायतका प्रकृयालाई अगाडि बढाएका छौं,’ मन्त्री डा. भुसालले भने ।
लम्पीस्किनबाट अहिलेसम्म १३ लाख पाँच हजार ३६१ पशुु संक्रमित भएको र चैतदेखि हालसम्म ४७ हजार ६४९ पशु मरेको जानकारी दिँदै एक लाख ७५ हजार ५५३ पशु अहिले पनि संक्रमित रहेको बताए ।
तान्जानिया, टर्की र जोर्डनबाट लम्पीस्किनबिरुद्धको भ्याक्सिन आयात गरेको जानकारी दिँदै उनले अहिलेसम्म १३ लाख ६९ हजार डोज भ्याक्सिन आएको र ६ लाख ८६ हजार चार सय ५० पशुलाई भ्याक्सिन लगाइएको जानकारी दिए ।









वाटको विस्फोटक ब्याटिङमा लुम्बिनीविरुद्ध कर्णाली याक्सको शानदार जीत
लुम्बिनीविरुद्ध कर्णालीका मार्क वाटको विस्फोटक शतक
भियतनाममा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो
एनपिएलः कर्णालीले पायो १५७ रनको लक्ष्य
वाग्मती करिडोलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया