को बन्ला कांग्रेसको उपनेता ?, चार नेता लबिइङमा

काठमाडौँ । प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापतिसमेत रहेका दलका नेता शेरबहादुर देउवाले आफू दलको नेतामा निर्वाचित भएको ८ महिना पुग्न लाग्दा पनि उपनेता चयन गरेका छैनन् ।
संसदीय दलको विधान कार्यान्वयन गरी दलको उपनेता मनोनयन गनै देउवाले खासै चासो दिएका छैनन् ।
पार्टी संसदीय दलको विधानले संसदीय दलको नेता प्रत्यक्ष निर्वाचित गर्ने र दलको नेताले उपनेता मनोनयन गर्ने व्यवस्था गरेको छ । नेतामा देउवा ६ पुसमा पार्टी महामन्त्री गगन थापालाई हराउँदै निर्वाचित भएका थिए ।
पार्टी संसदीय दलको विधानको धारा ८ ले दलको नेताले उपनेता चयन गर्ने अधिकार दिएको छ । ‘आफ्नो कार्यमा सहयोग गर्न तथा तोकेको काम गर्न संसदीय दलको नेताले प्रतिनिधिसभाका सदस्य मध्येवाट एक उपनेता मनोनयन गर्न सक्ने छन्,’ दलको विधानमा लेखिएको छ ।
देउवा दोस्रोपटक दलको नेतामा निर्वाचित भएका हुन् । उनले पहिलो पटक नेपाल लोकतान्त्रिक फोरमलाई पार्टी एकीकरणमा ल्याएका विजयकुमार गच्छदारलाई दलको उपनेता मनोनीत गरेका थिए । ललिता निवास जग्गा प्रकरणमा सांसद पद गुमाएपछि देउवाले दलको उपनेतामा अर्को व्यक्ति चयन नगरी कार्यकाल बिताए ।
अहिले दलको उपनेता बन्न ४ नेता लागिरहेका छन् । वर्तमान गठबन्धन सरकारमा कांग्रेसका तर्फबाट नेतृत्व गरेर उपप्रधानमन्त्रीसहित रक्षामन्त्री पूर्णबहादुर खड्का, पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह तथा डा. शशांक कोइरालाले उपनेता बन्न लागिरहेका छन् । यी चार मध्यबाट एक जनालाई उपनेता बनाउने तयारीमा रहेको देउवा निकट स्रोतले जानकारी दियो ।
पछिल्लो समय देउवालाई साथ दिए पनि सिंह र कोइराला कांग्रेसमा देउासँग निकट होइनन् । उनीहरूले १४ औं महाधिवेशनमा देउवालाई साथ दिएका थिए । महाधिवेशनमा लगाएको गुन तिर्न देउवाले आफूलाई उपनेता बनाउनु पर्ने लबिइङमा दुवै नेता छन् ।
निधि पहिला देउवाका विश्वास पात्र हुन् । १४ औँ महाधिवेशनमा उनी देउवाविरुद्ध सभापतिमा प्रतिष्पर्धा गरेपछि सम्बन्ध बिग्रिएको थियो । तर, पछिल्लो समय देउवा पत्नी आरजुमार्फत देउवासँग सम्बन्ध सुधारेका छन् । खड्का त देउवासँग लामो समयदेखि निकट छन् । तर, देउवाले उनलाई त्यति विश्वास नगर्ने निकटस्थहरू बताउँछन् ।
स्रोतका अनुसार देउवाले महाधिवेशन र दलको नेताको निर्वाचनमा धेरैलाई बनाउने आश्वासन दिएकाले एउटालाई बनाउँदा अर्को रिसाउने डरले बनाउन नसकेको निकटस्थ नेताहरू बताउँछन् ।















बाँकेमा अनुहार नयाँ, दलका एजेण्डा भने पुरानै
NAAMP and Connect Kisan Sign MoU to provide digital agricultural advisory to farmers
आचारसंहिता उल्लंघन गर्ने ५१ दल तथा उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण
नेपाल-कतार संयुक्त व्यवसाय परिषद्को बैठक सम्पन्न, द्विपक्षीय लगानी र व्यापार विस्तारमा सहकार्य गर्ने प्रतिबद्धता
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
प्रतिक्रिया