प्रधानमन्त्रीले भने- चीन भ्रमणमा उर्जा क्षेत्रमा दूरगामी सम्झौता हुनसक्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफनो आगामी चीन भ्रमणका क्रममा उर्जा क्षेत्रका सम्वन्धमा महात्वपूर्ण र दूरगामी सम्झौता हुनसक्ने बताएका छन् ।
नेपाल विद्युत प्राधिकरणको ३८ औं बार्षिक उत्सव कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गदैं प्रधानमन्त्रीले चीनसँग चिलिमे–केरुङ २२० के।भी। प्रसारण लाइन निर्माणमार्फत जोडिन सोसँग सम्बन्धित अध्ययन कार्य पूरा गरी कार्यान्वयन तहमा प्रवेश गर्ने योजनाका साथ अघि बढेको बताउँदै त्यस्तो बताएका हुन् ।
‘मेरो आगामी महिनामा हुने चीन भ्रमणमा उर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्वपूर्ण सम्झौता हुने विश्वास लिएको छु’ प्रधानमन्त्रीले भने ।
उनले वर्षायामभित्र नेपाल–बंगलादेश विद्युत व्यापार सुरू हुने गरी नेपाल, भारत र बंगलादेशका सम्बन्धित निकायहरूबीच सम्झौता हस्ताक्षरको अन्तिम तयारी भइरहेको पनि बताए । उनले अन्तरदेशीय प्रसारण संरचनाको निर्माणमा त्रिपक्षीय समझदारी जुटाई उल्लेख्य परिमाणमा नेपाल–बंगलादेश विद्युत व्यापारलाई भविष्यमा क्रमशः बढावा दिँदै लैजाने परिस्थिति बनेको टिप्प्णी गरे ।
नेपालमा जलविद्युत विकासको इतिहास एक सय १२ वर्षभन्दा पुरानो भए तापनि जलस्रोतको प्रचुर सम्भावनाको सदुपयोग गरी लाभ लिन नसकिरहेको प्रधानमन्त्रीको भनाई थियो । ‘खोला नाला बगिरहने तर त्यसबाट प्रचुर फाइदा लिन नसक्ने बिडम्वनापूर्ण अवस्था छ । यसको अन्त्य गर्न अहिले योजनावद्ध रूपमा काम गरिरहेका छौँ,’ प्रधानमन्त्री प्रचण्डले अगाडी थपे,-‘अहिले देशभरका खोलानाला तथा नदीहरूमा जलविद्युत आयोजनाहरूको विकासका लागि केही न केही काम भइरहेका छन् । ’
नदीप्रवाही जलविद्युत आयोजनाहरूको बाहुल्यताले नवीकरणीय, स्वच्छ विद्युतीय उर्जाको प्रयोगबाट ग्रिन हाइड्रोजनको उत्पादनमा नेपालले आफूलाई अग्रणी भूमिकामा स्थापित गर्नसक्ने बृहत अवसर सदुपयोग गर्न चाँडै आवश्यक नीति तर्जुमा गर्ने पनि बताए ।

















ठगीका अभियोगमा तीन जना पक्राउ
म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा
ट्याक्सी मापदण्डमा अन्य सवारीलाई पनि अनुमित दिनुपर्ने नाइमाको सुझाव
सञ्चालनमा आयो १३२ केभीको बुर्तिबाङ सवस्टेसन
फोटोन १५ वर्षदेखि नं. १ निर्यात गर्ने कमर्सियल भेहिकल कम्पनी
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
लगातार तेस्रो हारसँगै बाहिरियो नेपाल, वेस्ट इन्डिज सुपर ८ मा
प्रतिक्रिया