भारतसँगको विद्युत निर्यातको सम्झौता दक्षिण एसियामै उल्लेखनीय पहलकदमी : प्रधानमन्त्री
विकासका कार्यमा राजनीति नगर्न आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने पारम्भिक हस्ताक्षरले दक्षिण एसियामै विद्युत ब्यापारको क्षेत्रमा उल्लेखनीय पहलकदमी भएको बताएका छन् ।
नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिक उत्सवलाई काठमाडौंमा सम्बोधन गदैं प्रधानमन्त्री प्रचण्डले यो पारम्भिक सम्झौताले नेपालमा जलविद्युत लगानीको थप उपयुक्त वातावरण निर्माण भएको र दीर्घकालिन विद्युत ब्यापारका लागि स्वदेशी तथा अन्तरदेशीय प्रसारण संरचनाको तयारी पूरा गर्न विश्वसनिय कार्ययोजना तर्जुमा भएको बताएका छन् ।
‘हाल करिब ४५० मेगावाट विद्युत निर्यात भइरहेको अवस्थाबाट नेपालको विद्युत निर्यातलाई १० वर्षमा १० हजार मेगावाटसम्म पु¥याउने गरी द्विपक्षीय सम्झौतामा नेपाल र भारतबीच प्रारम्भिक हस्ताक्षर भइसकेको सन्दर्भलाई दक्षिण एसियामै विद्युत व्यापारको क्षेत्रमा उल्लेखनीय पहलकदमीका रूपमा हेरिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने,–‘यसबाट नेपालमा जलविद्युत लगानीको थप उपयुक्त वातावरण निर्माण भएको छ भने दीर्घकालिन विद्युत व्यापारका लागि स्वदेशी तथा अन्तरदेशीय प्रसारण संरचनाको तयारी पूरा गर्न एवं विश्वसनीय कार्ययोजना तर्जुमा गर्न हौसलाका साथ सम्बन्धित मन्त्रालय र सबै सरोकारवाला निकायहरूको समन्वयपूर्ण योगदान आवश्यक रहन्छ ।’
प्रधानमन्त्री प्रचण्ड’ले वर्तमानको पुस्ताले गुणस्तरीय सेवा प्राप्त गर्न र आउने पिंढीलाई उज्यालो भविष्य दिन विकासका कार्यमा राजनीति नगर्न पनि सबैमा आग्रह गरे । उनले नेपाली जनताको हित र विकास निर्माणका काममा सबै इमानदार भएर एकजुट हुन जरूरी भएको वताए ।
प्रधानमन्त्रीले सरकारले उपयुक्त नीति र कार्ययोजनासहित आन्तरिक विद्युत माग बृद्धि गर्न विद्युतीय सवारी साधनहरू, विद्युतीय चुल्हो आदिको प्रयोगमा प्रोत्साहन गरेको तथा बढी विद्युत खपत गर्ने उद्योग कलकारखानाको स्थापना र सञ्चालनमा उपयुक्त वातावरण निर्माण गर्न र विद्युतको अधिकतम उपयोगलाई राष्ट्रिय अर्थतन्त्र र समृद्धिको मजबुत आधारका रूपमा आत्मसात गरी अघि बढ्न सम्बन्धित सबै मन्त्रालय र निकायहरूको आपसी समन्वयमा जोड दिएको समेत बताए ।
उनले स्वदेशमा उत्पादित जलविद्युतलाई आन्तरिक माग पूरा गरी अन्तरदेशीय बजारको पहुँच दिलाउन भारत, बंगलादेश र चीन सरकारसँग भइरहेका प्रयासहरुवारे जानकारी दिँदै नेपालमा जलस्रोतको प्रचुर सम्भावनाको सदुपयोग गरी लाभ लिन नसकिएको प्रष्ट पारे ।
प्रधानमन्त्रीले खोला नाला बगिरहने तर त्यसबाट प्रचुर फाइदा लिन नसक्ने बिडम्वनापूर्ण अवस्थाको अन्त्य गर्न योजनावद्ध रूपमा काम गरिरहेको जनाउँदै अहिले देशभरका खोलानाला तथा नदीहरूमा जलविद्युत आयोजनाहरूको विकासका लागि केही न केही काम भइरहेको बताए ।
प्रधानमन्त्रीले नेपालमा नदीप्रवाही जलविद्युत आयोजनाहरूको बाहुल्यताले नवीकरणीय, स्वच्छ विद्युतीय उर्जाको प्रयोगबाट ग्रिन हाइड्रोजनको उत्पादनमा नेपालले आफूलाई अग्रणी भूमिकामा स्थापित गर्नसक्ने बृहत अवसर रहेको भन्दै नेपाल विद्युत प्राधिकरणले यस कार्यमा आफुलाई समेत तयारी अवस्थामा राख्नुपर्ने सुझाव दिए ।
उनले आउने पिंढीलाई अँध्यारोमा राख्ने कि उज्यालो भविष्य दिएर जाने रु भन्ने गम्भीर प्रश्न अघि सार्दै हाम्रो पुस्ताले गुणस्तरीय सेवा प्राप्त गर्न र आउने पिंढीलाई उज्यालो भविष्य दिन, विकासका कार्यमा राजनीति गर्ने होइन सबै इमानदार भएर एकजुट हुन जरूरी रहेको औल्याएका छन् ।

















कांग्रेसको प्रतिज्ञापत्रमा के छ ? (पूर्णपाठ)
भरूवा बन्दुकसहित दुई जना पक्राउ
Kathmandu Valley’s pollution level down
132-kV Burtibang substation comes into regular operation
निर्वाचनमा खटिएका सेना बाेकेको बस दुर्घटना, २४ जना घाइते
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
खुल्यो तुम्लिङटार विमानस्थल
प्रतिक्रिया