ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र डा.भट्टराईलाई बयानबिनै उन्मुक्ति दिने तयारी

काठमाडौँ । ललिता निवासको जग्गा घोटाला प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईलाई कारबाहीको दायरामा नै नल्याइ उन्मुक्ति दिने तयारी भएको छ । सत्ता गठबन्धनको शक्तिको आडमा नेपाल र डा. भट्टराईलाई अनुसन्धानबाटै उन्मुक्ति दिने तयारी निकटस्थ स्रोतले जनायो । सर्वोच्च अदालतले उनीहरूसँग पनि बयान लिन आदेश दिए पनि प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी)ले उनीहरूसँग बयानसमेत लिनलाई सत्ता अगठबन्धनले अवरोध सृजना ग¥यो ।
उनीहरूको बयान नै नसमेटी प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा सकेसम्म आइतबार साँझ, नसके सोमबार बुझाउने तयारी गरेको छ ।
सर्वोच्च अदालतले गत साउन २१ मा निर्णयाधिकारीलाई समेत अनुसन्धानको दायरा ल्याउन आदेश दिएको थियो । तर उनीहरूमाथि अनुसन्धान नै नगरी प्रतिवेदन बुझाउन प्रहरीलाई सत्ता गठबन्धनको दबाब दिएको स्रोत बताउँछ ।
नेपाल र भट्टराईमाथि बयानको तयारीमा भइरहेको बेला गत सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा छलफल भएको थियो ।
प्रतिवेदनमा नेपाल र भट्टराई तथा अरु केही उच्चपदस्थलाई प्रतिवादी नबनाउने गरी निर्देशन गएकाले नबनाउने सम्भावना रहेको निकटस्थ स्रोतले बतायो ।
सत्ता गठबन्धनको बैठकमा पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले मुद्दा चलाउने लागिएको विषयमा आपत्ति जनाएका थिए । सर्वोच्च अदालतले समेत बन्दी प्रत्यक्षीकरणको रिटमा निर्णयाधिकारीहरुलाई पनि अनुसन्धानको दायरामा ल्याउन दिएको आदेशबारे समेत सत्तारुढ दलका नेताहरुले आपत्ति जनाएका थिए ।
नेपाल बालुवाटारस्थित विशिष्ट पदाधिकारीहरुको सरकारी निवास विस्तारका नाममा जग्गा भूमाफिया र नक्कली मोहीलाई सट्टाभर्ना दिने निर्णयमा जोडिएका छन् । पूर्वप्रधानमन्त्री भट्टराई सरकारी जग्गा टिकिन्छा गुठीका नाममा लगेर नक्कली मोही खडा गर्ने निर्णयमा जोडिएका छन् ।
२०४९ देखि २०६९ सम्म विभिन्न मितिका निर्णयबाट १४३ रोपनी भन्दा बढी सरकारी जग्गा व्यक्तिका नाममा पुगेको छ । ब्युरोको अनुसन्धानमा यस प्रकरणमा करिब साढे २ सय जना मुछिए पनि अनुसन्धान कर्मचारी तहमा मात्र सिमित हेने सम्भावना प्रबल बनेको छ ।
यसअघि २०७६ माघ २२ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा हिनामिनाका निर्णयाधिकारीलाई प्रतिवादी नबनाई उन्मुक्ति दिएको थियो । गत असार १२ ब्युरोले यही प्रकरणमा किर्ते र संगठित अपराधका दफा लगाएर सुरु गरेको अनुसन्धानको समयसीमा भदौ ९ सम्म छ ।
















सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै
झापामा ‘सिरिन्ज’ आक्रमणबाट एक जनाको मृत्यु
आज महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवस
कालीमाटी तरकारी बजार विकास समितिले आजका लागि ताेकेकाे कृषिउपजको मूल्य
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
प्रतिक्रिया