जंगली च्याउ खाँदा आमाछोरीको मृत्यु
मेरोन्यूज
२०८० भदौ १ गते १५:५४

दाङ । दाङको बंगलाचुली गाउँपालिका–४ मैकुटीमा जंगली विषालु च्याउ खाँदा आमाछोरीको मृत्यु भएको छ ।
जंगली च्याउ खाएर बिरामी भएका बंगलाचुली गाउँपालिका–४ मैकुटीकी २७ वर्षीया ईश्वरी सुनार र उनकी ११ वर्षीया छोरीको उपचारका क्रममा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।
गौतमका अनुसार च्याउ खाएर बिरामी परेकी सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो भने ११ वर्षीया छोरी अस्मिताको बुधबार नै उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको थियो ।
साउन २९ गते जंगलबाट ल्याएको च्याउ खाँदा एकै घरका तीन जना बिरामी परेका थिए । मृतकका श्रीमान अजय सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको गौतमले जानकारी दिए ।
सम्बन्धित















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया